Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

हत्याको आरोपमा कुशेका एक युवा पक्राउ

राजेन्द्र सुनार

जाजरकोट : हत्याको आरोपमा कुशेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । कुशे गाउँपालिका ९ चौराठाका २३ बर्षिय राजेन्द्र सुनारलाई हत्या अरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले बारेकोट गाउँपालिका ४ जीरीका २५ बर्र्षिय टक्क सार्कीको कुटपिट गरि हत्या गरेको बताइएको छ । उनले शुक्रवार दिउसो टक्क सार्की र कुशे ४ कै जल्लप सार्कीलाई कुटपिट गरि घाइते बनाएका थिए ।

घटना भएको एक दिन पछि शनिवार प्रहरी सहायक निरिक्षक गंगा बहादुर चन्दको टोलीले घाइते दुईजनालई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याईको थियो । अस्पतालमा सामान्य उपचार पछि आइतवार थप उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा टक्क सार्कीको बाटोमै ज्यान गएको थियो ।

घाइते अर्का जल्लय सार्की सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । कुटपिट गरि फरार रहेका सुनारलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


ताजा समाचार