Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

पोख्रेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय


रुपन्देही : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले एमलेकै बहुमतको सरकारको बनाउने निर्णय गरेको छ । आइतवार बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमत सरकार बनाउने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा सदस्य लीला गिरीले जानकारी दिए ।
पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए ।


ताजा समाचार