Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

रोकिराखेको कारमा तीन शिशु मृत भेटिए

दाङ : दाङको तुलसीपुरमा रोकिराखिएको कारमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत फेला परेका हुन् ।

उक्त कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको हो । मृत शिशुको पहिचान खुल्न सकेको छैन ।


ताजा समाचार