Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

अज्ञात रोगले कुशेमा दुई बालकको मृत्यु, थप बालबालिका बिरामी 

जाजरकोट : अज्ञात रोगले कुशे गाउँपालिका–८ औलरीजामा दुई बालकको मृत्यु भएको छ । उच्च ज्वरो आउने, पहेँलो रंगको बान्ता गर्ने र त्यसपछि दुई बाललको मृत्यु भएको हो ।

औलरीजामा बिहिबार राती एक र शुक्रबार राती १ जना बच्चाको मृत्यु भएको औलरीजाकी बिनिता बिकलाई उदृत गर्दै प्रदेश साँसद गणेशप्रसाद सिंहले जानकारी दिनु भयो । उक्त लक्षण सहितका करिव ६ जना दुधे बालबालिका बिरामी परेको खवर समेत प्राप्त भएको छ ।

साँसद सिंहलाई टेलिफोन मार्फत घटनाका बिषयमा जानकारी गराउने विनिता विक कुशे गाउँपालिका–८ की वडा सदस्य हुन् ।

बच्चाहरुमा देखा परेको उक्त रोगको नियन्त्रण तथा पहिचान गर्नका लागि जिल्ला सदरमुकाम खलंगाबाट औषधी सहित स्वास्थ्यकर्मीहरुको एक टोली अहिलेनै कुशे गाउँपालिका तर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले डिजिटल संचारलाई जानकारी दिनु भएको छ ।

औषधी सहित जिल्ला अस्पतालमा कार्यरत डा. ईन्द्र थापा, स्वास्थ्य सहायक राजेन्द्रजंग शाह र अहेव कृष्ण खड्का गरी तीन जनाको टोली सदरमुकामबाट कुशे तर्फ हिडि सकेको डा.औसरसिंह राठोरले जानकारी दिनुभयो ।


ताजा समाचार