Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

ढुंगाले हानेर आफ्नै श्रीमतीको हत्या

दाङ : दाङमा एकजनाले ढुंगाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । गएराती तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ ,गणेशपुरका पदम पोखरेलले ढुंगाले श्रीमती बिमलाको हत्या गरेका हुन् ।

ढुंगाले लागेर गम्भीर घाइते भएकी बिमलाको उपचारका लागि तुलसीपुर लिदैगर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको टाउकोमा ढुंगाले हानेर पदम फरार भएका थिए । उनलाई कालाखोलाको जंगलबाट गएराती नै नियन्त्रणमा लिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिएका छन् ।

 


ताजा समाचार