Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

प्रहरीद्धारा अफिम खेती नष्ट

जाजरकोट : नलगाड नगरपालिकाको माथिल्लो भेगमा लगाइएको लागुऔषद अफिम प्रहरीले नष्ट गरेको छ ।

गस्तीमा गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले नलगाड नगरपालिका वडा नम्बर ९ र १० मा लुकिछिपि खेति गरिएको अफिम नष्ट गरेको हो ।

वडा नम्बर ९ को ताप्रचौरमा करिव ७ कठ्ठा र १० नम्बर वडामा ३ कठ्ठा अफिम नष्ट गरेको प्रहरी सहायक निरिक्षक टोपेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।


ताजा समाचार