Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

आफैले मारेको खोलाको माछा खाँदा दिदी बहिनीको मृत्यु

दाङ : स्थानिय खोलाबाट मारेर ल्याएको माछा खाएपछि दाङमा एकै घरका दिदी र बहिनीको ज्यान गएको छ । शनिवार उक्त माछा पकाएर खाएपछि झाडापखाला भई उनिहरुको ज्यान गएको बताइएको छ ।

ज्यान जानेमा राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढा रहेका छन् ।

दिदी विनिताको हिजो बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनुभयो । उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


ताजा समाचार