Loading... आजः शनिबार, साउन ९, २०७८

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने काँग्रेसको निष्कर्ष


काठमाडौं : नेपाली कांग्रेसले अहिले तत्कालै अविश्वासको प्रस्ताव नल्याउने स्पष्ट पारेको छ । पास हुने संख्या नपुगेसम्म प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता नगर्ने स्पष्ट पारेको हो ।

काँग्रेस सभापति निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वाको प्रस्ताव दर्ता नगराउने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले पहल गरे पनि आफूहरुसँग प्रयाप्त संख्या नपुगेको बताउनुभयो ।

संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव नराख्ने निधिको भनाइ छ । ‘प्रस्ताव फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ,’ उहाँले भन्नुभयो, ‘हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’

निधिले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय कार्यान्वयनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

 


ताजा समाचार