Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

यस्तो अत्याधुनिक बन्दैछ एमालेको नयाँ भवन


काठमाडौं : २०७२ सालको महाभूकम्पले भत्काएको बल्खुस्थित नेकपा एमालेको भवनको निर्माण कार्य सुरु भएको छ । पुरानै ठाउँमा एमालेको नयाँ आधुनिक तरिकाको भवन निर्माण कार्यको सुरुवात भएको हो ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नयाँ भवन शिलान्यास गर्नुभएको छ । बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवन निर्माण शिलान्यास भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री ओलीले केन्द्रीय कार्यालय भवन शिलान्यास गरिसक्नु भएको छ । एमालेको नाममा रहेको ८ रोपनी क्षेत्रफलमा नयाँ भुकम्प प्रतिरोधी आधुनिक भवन निर्माण हुने एमालेका केन्द्रिय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिनु भयो ।

नयाँ भवनको लागत र फाइनल डिजाइन तय भएको छैन । २०७२ सालको भुकम्पले भत्किनु अगाडी एमालेको कार्यलय यही रहेको थियो ।


ताजा समाचार