Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

फ्लोर क्रस गर्ने कर्णालीका चार जना एमालेबाट निस्कासित, सांसद पद समेत गयो


काठमाडौं : नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चारजना सांसदलाई पार्टी र सांसद सदस्य नहने गरि कारबाही गरेको छ । माओवादीको सरकार जोगाउन पार्टीको निर्देशको धज्जी उडाउने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको हो ।

माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको छ ।

एमालेको आज बसेको केन्द्रिय कमिटी बैठकले निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।


ताजा समाचार