Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

एमाले फुटाउन माधव नेपाल र प्रचण्डको अर्को गोप्य भेट


काठमाडौं : नेकपा एमाले फुटाउन कम्मर कसेर लागिपरेका नेता माधव कुमार नेपाल फेरी पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरणमा पुगेका छन् । एमाले विभाजन गर्न निरन्तर प्रचण्ड संग गोप्य भेटघाट गरिरहेका नेपालले आज दोस्रो दिन भेटेका हुन ।

कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा बिहान साढे ८ बजेदेखि दुई घण्टाभन्दा बढी प्रचण्ड र माधव नेपालबीच छलफल भएको स्रोतले जनाएको छ । प्रचण्ड र नेपालबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।

हिजो कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठसहितको बैठक बसेको थियो । सो बैठकपछि माधव नेपालले केपी ओलीमाथि १३ बुँदे प्रश्नसहितको स्पष्टीकरण पठाएका थिए ।

प्रचण्डसँगको बैठकपछि माधव नेपाल आफू पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा भाग लिन कलंकी जान लागेको स्रोतले जनाएको छ ।


ताजा समाचार