Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

चरेश मुद्दाका फरार थापा पाँच वर्षपछी पक्राउ

बिनोद कुमार घर्ती 
चैत ५, जाजरकोट : लागु औषध चरेश मुद्दामा अदालतले दोषी ठहर गरेका दशेराका सुरेन्द्र थापा पक्राउ परेका छन । अदालतको फैसलापछी फरार भएका थापालाई पाँच वर्षपछी जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले पक्राउ गरेको हो ।

छेडागाड नगरपालिका वडा नं. ४ का थापालाई जिल्ला अदालत जाजरकोटले लागु औषध चरेश मुद्दामा २०७२ साल असोज १८ गते ४ महिना १० दिन कैद र पाँच हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

फैसलापछी फरार उनलाई घरमा लुकिछिपी रहेको अवस्थामा मंगलबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
पक्राउ पछी अदालतको आदेश अनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार