Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

शैक्षिक विकास गर्न एमाले नेता सिंहले स्थापना गरेको अक्ष्यकोष बढ्दै

जाजरकोट : जेहेन्दार बिद्यार्थीहरुको शैक्षिक विकास गर्न नेकपा (एमाले) का नेता डम्बरबहादुर सिंहले स्थापना गरेको ‘सिता–जानकी’ अक्ष्यकोष बर्षेनी बढ्न थालेको छ ।

नेता सिंहले बारेकोट गाउँपालिका–६ कार्कीज्युला स्थित सिता आधारभुत विद्यालयमा २९ भदौ २०७४ मा स्थापना गरिएको ‘सिता–जानकी’ अक्ष्यकोषमा शिक्षक तिलक बहादुर महतराले बार्षिक दश हजार थप गर्न थालेपछि कोष बार्षिक रुपमा बढ्न थालेको हो ।

शिक्षक महताराले प्रति महिना १ दिनको तलब जेहन्दार विद्यार्थीहरुको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्ष्य कोषमा जम्मा गर्न थालेका छन । नेता सिंहले सीता आधारभुत विद्यालयमा स्थापना गरिएको ‘सिता–जानकी’ अक्ष्यकोषबाट प्रत्येक वर्ष बारेकोट गाउँपालिका भित्रै अध्ययन गर्दै आएका जेहेन्दार, टुहुरा, विपन्न बिद्यार्थीहरुलाई शैक्षिक राहात टोक्कन वितरण गर्दै आएका छन् ।

उक्त बिद्यालयका शिक्षक महताराले टुहुरा, जेहेन्दार र आर्थिक हिसाबले विपन्न विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान गर्ने उदेश्य राखेर प्रत्येक महिनामा १ दिन बराबरको अर्थात् वार्षिक १० हजार नगद उक्त कोषमा जम्मा गर्न थालेका छन् ।

शिक्षक महतराले उक्त कोषमा पैसा जम्मा गर्न बुधबार चेक हस्तान्तरण गरेका थिए । नेता सिंहले आफुलाई राजनीतिज्ञ मात्र नभएर सफल समाज सेवी भएको उदाहरण प्रस्तुत गरेका छन् । सिंहले गरेको उक्त कार्यलाई बारेकोटबासीले उच्च प्रसंशा गरेका छन् ।


ताजा समाचार