Loading... आजः शनिबार, कार्तिक ६, २०७८

जाजरकाेटमा नेकपा एमालेकाे पार्टी कार्यालय पुनस्थापना

जाजरकोट,२६ फागुन । जाजरकोटमा नेकपाको बोर्ड हटाएर एमाले पार्टी कार्यालय स्थापना गरिएको छ । मंगलवार नेकपा एमाले जाजरकोटले जिल्ला पार्टी कार्यालय पुनस्थापना गरेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताइदिएपछि नेकपा एमालेले आफ्नो कार्यालय स्थापना गरेको कर्णाली प्रदेश सभा सदस्य कौशिलावती खत्रीले बताइन ।

भेरी नगरपालिका ४ बाठावाडामा रहेका पार्टी कार्यालयमा पुगेमा एमाले समर्थकले ‘केपी ओली जिन्दावाद, एमाले पार्टी जिन्दावाद’ को नारासमेत लगाएका थिए ।
आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरु उत्साहित भएको नेकपा एमालेका प्रदेश कमिटी सदस्य खत्रीले बताइन ।

विगतमा के भए भन्ने तिर लाग्नु हुदैन । उनले भनिन् पहिले भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी आगामि पार्टी संगठन निर्माणमा जुटने खत्रीको भनाइ छ । पार्टीको निर्देशन अनुसार आफनै भवनमा कार्यालय पुनस्थापना भएको नेकपा एमालेका भेरी नगर कमिटिका सह-संयोजक विश्व बिक्रम शाहले बताए ।

 


ताजा समाचार