Loading... आजः आइतवार, बैशाख ५, २०७८

माधवले गरे पदबिना बस्नै नसक्ने स्वीकारोक्ति

काठमाडौं, फागुन २३ । नेकपा एमालेका वरिष्ठ नेता एंव प्रतिनिधिसभा सांसद माधवकुमार नेपालले आफ्नो अध्यक्ष पद कसैले खोसेर नखोसिने बताउनु भएको छ । प्रतिनिधिसभा बैठकको बहिष्कार गरी संसद भवनबाट बाहिरिनु भएका नेता नेपालले पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि सरकारको टिक्ने आधार नरहेको पनि बताउनु भयो । उहाले ७६ (१) को सरकार नै रहने अवस्था नरहेकाले अब प्रधानमन्त्रीले बस्ने कुनै पनि आधार नभएको बताउनु भयो ।

एमालेबाट अब तपाईं कता जानुहुन्छ त भन्‍ने प्रश्नमा नेता नेपालले भन्नुभयो, ‘नेकपा बनाउँने हामी, चलाउने हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको म केपी ओलीले खोसेर खोसिन्न । अदालतको फैसलाबारे पार्टीमा छलफल गर्छौं ।’


ताजा समाचार