Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

सडकमा गाडीको संख्या कम, निर्धक्क भएर गाडी चलाउन सरकारको आग्रह

काठमाण्डौ । नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण आज कम गाडी चलेका छन् ।

सार्वजनिक गाडीको संख्या कम भए पनि देशैभर दूध, तरकारीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी निर्बाधरुपमा चलिरहेका छन् ।

सडकमा र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि नै चोक-चोकमा प्रहरी खटिएका छन् ।  प्रहरीले सडकमा अवरोध गर्न खोज्नेलाई प्रहरीले निगरानी गरिरहेको छ ।

निर्धक्क भएर गाडी र व्यवसाय चलाउन सरकारको आग्रह

सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बसलगायत आ-आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । सरकारले सुरक्षाका दिने भन्दै आफ्नो नियमित काम नरोक्न गृहमन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक गाडी अवरोधलगायतका गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने उहाँले बताउनुभयो ।

यस्तै, प्रहरीले कहीँकतै केही समस्या भए प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।


ताजा समाचार