Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

भुमि ब्यवस्था समस्या समाधान आयोग जाजरकोटको अध्यक्षमा सिङ


जाजरकोट : सरकारले गठन गरेको भुमि ब्यवस्था समस्या समाधान आयोग जाजरकोटको अध्यक्षमा नवराज सिङले जिम्मवारी पाउनु भएको छ । भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न गठन गरेको आयोग जाजरकोटको अध्यक्षको नेपाल कम्युनिष्ट पार्टिका नेता सिङले जिम्मेवारी पाउनु भएको हो ।

केन्द्रमा यस अघिनै सरकाले भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उलब्ध गराउन अधिकार सम्पन्न उच्च स्तरिय आयोगमा देविप्रसाद ज्ञावालीको अध्यक्षतामा गठन गरिसकेको छ ।

तत्कालिन नेकपा एमालेका जिल्ला सचिव समेत रहनु भएका नलगाड नगरपालिका ९ का सिङको अध्यक्षतामा अरु दुई सदस्यहरुले समेत जिम्मेवारी पाएका छन् । आयोगको बिज्ञ सदस्यमा भेरी नगरपालिका ३ का विश्व विक्रम शाह र सदस्यमा कुशे गाउँपालिका २ की राजेश्वारी सिङ तोकिनु भएको छ । बिज्ञ सदस्य शाह राष्ट्रिया युवा संघका केन्द्रिय सदस्य समेत रहनु भएको छ ।

भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अब्यवस्थित बसोबासी लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भुमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन गर्न आफुले महत्वपुर्ण जिम्मेवारी पाएकोमा खुसि व्यक्त गर्दै अध्यक्ष सिङले यो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने बताउनु भएको छ ।

सरकारले सोमवार देशैभरीका जिल्लामा आयोगको अध्यक्ष र सदस्यहरुको जिम्मेवारी तोकेको हो ।

आयोगका अध्यक्ष सिङको राजनीतिक पृष्ठभुमि र जिम्मेवारी :

१) २०४७ सालमा रग्दा गाउँ पार्टी सक्रिय दलको सचिव

२) २०४८ सालमा इलाका नं ५ को इलाका पार्टी सक्रिय दलको सचिव

३) २०४९ सालमा जिल्ला संगठन कमिटिको सदस्य

४) २०५१ सालमा जिल्ला संगठन कमिटिको उपसचिव

५) २०५३ सालमा प्रथम जिल्ला अधिवेशनबाट जिल्ला जिल्ला कमिटि सदस्य

६) २०५४ सालमा जिल्ला किमिटको उपसचिवमा निर्वाचित

७) २०५६ सालमा जिल्ला संगठन कमिटिको सचिवमा निर्वाचित

८) २०६६ सालमा चौथो जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित

९) अखिल नेपाल किसान संघको जिल्ला अध्यक्ष, पार्टी निर्वाचन क्षेत्र नं १ को सचिव, पार्टी स्कुल बिभाग र अन्य विभागको जिम्मेवारी

१०) पार्टीको आठौ र नवौ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि

११) २०५५ सालको स्थानिय निर्वाचनमा इलाका नं ५ बाट जिविस सदस्यमा निर्वाचित

१२) सुर्योदय मासिक पत्रिकाको प्रधानसम्पादक


ताजा समाचार