Loading... आजः सोमवार, फाल्गुन २४, २०७७
Trending

चुनावको तयारीका लागी घरदैलोमा ओली समुह

दल्लीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

जाजरकोट,५पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका नेता तथा कार्यकर्ता यतिबेला नागरिकहरुको घरदैलोमा पुगेका छन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीले काम गर्ने बातावरण नभएको भन्दै पुस ५ गते प्रतिनिधि सभा बिगठन गरेका थिए । प्रतिनिधि सभा असंवैधानिक तरिकाले बिगठन गरेको भन्दै सत्तारुढ नेकपाका प्रचण्ड नेपाल समुह देश ब्यापी आन्दोलित भएका छन। तर जाजरकाेटमा नेपाल प्रचण्ड समुह सेलाउदै गएका छन ।

Image may contain: one or more people, mountain, outdoor and nature
सुरुमा पार्टीको कार्यक्रममा अफवाह फैलाउदै कार्यकर्ता जम्मा गर्ने नेपाल प्रचण्ड समुह यतिबेला सुन्सान भएका छन । केन्द्र देखि जिल्ला स्तर सम्म पार्टीको आन्तरिक बिवादको प्रभाव देखिएको छ । यस्तै जाजरकोटमा भने ओली समुहले जिल्ला ब्यापी कार्यक्रमहरु सञ्चालन गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य रत्न प्रसाद शर्माले बताए ।

Image may contain: 8 people, including Dambar Singh, Ratna Prasad Sharma Neupane, C P Gharti Magar and विश्व विक्रम शाह, people standing and outdoor
प्रधानमन्त्री ज्यूलाइ काम गर्ने वातावरण भएन । त्यसैले जनताको माजमा गएको केन्द्रीय सदस्य न्यौपानेले शर्मा बताए । सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले जनतामाझ जाने निर्णय गरेको उनको भनाइ छ । प्रधानमन्त्रीले ताजा जनमतका लागी प्राप्त अधिकार अनुसार प्रतिनिधि सभा बिगठन गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य चन्द्र प्रकाश घर्तीले बताए । देशलाइ बर्वादहुन बाट ओलीले बचाएको उनको तर्क छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहले नलगाड नगरपालिकामा योजित ओली नेतृत्वको नेकपाको सभालाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तथा भेरी नगरपालिका प्रमुख घर्तीले त्यस्तो बताएका हुन ।

Image may contain: 1 person, on stage

पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको घर्तीले बताए । प्रधानमन्त्री ओलीले जनतामाझ जाने निर्णय लोकतान्त्रिक निर्णय भएको समेत दावी गरेका छन । ‘पार्टी एकता भएपछि बिचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । बिचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झियो’, नगर प्रमुख घर्तीले भने्, ‘पद लोभिहरुले चारैतिरबाट घेराबन्दी गरेर बस्नखानै नदिएपछि सम्माननीय प्रधानमन्त्री ज्यूले जनताको अदालतमा जाने निर्णय गर्नुप¥यो । जनताको अदालतमा जाने उक्त निर्णय लोकतान्त्रिक विधि भएको घर्तीको भनाइ रहेको थियो ।’

No description available.
नेपाली जनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका शिर्ष नेताहरुले राष्ट्रपतिलाई महाअधियोग लगाउन हस्ताक्षर संकलनको कदम दुर्भाग्य भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य लाल बहादुर महताराले बताए । ‘चारैतिर घेरेर ढोका थुनेर सास थुन्न थालेपछि मुसा पनि बाहिर आउन खोज्छ । जनताले ५ वर्षका निम्ति जनताले मत दिएका थिए । तर प्रधानमन्त्री ज्यूलाई बस्नखानै नदिएपछि । सरकारलाई काम गर्नै नदिएपछि यस्तो कदम चाल्नुपरेको सदस्य महताराले बताए । पदका लागी मरिहत्य गर्ने केहि शिर्ष नेताका कारण देशलाइ बवार्द हुनबाट प्रधानमन्त्रीले जोगाएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका केन्द्रीय सदस्य डम्बर सिंहले बताए ।

No description available.

जिल्लाका अगुवा नेता तथा कार्यकर्ता संग प्रशिक्षणका लागी नेकपा ओली समुह यतिबेला जनताको घरदैलामा पुगेको छ । सरकारले बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन घोषण गरे संगै ओली समुह जाजरकोटमा निरन्तर जनताको घरदैलोमा ब्यस्त देखिएको छ । भने नेपाल प्रचण्ड समुह सरकारको बिरुद्धमा सडकमा आउन नागरिकलाइ अप्रील गर्दै आएको छ । देशमा राजनितिक कान्त्रीको अन्त्य भएर बिकास र आर्थीक क्रान्त्रीको क्रममा रहेको बेला नेपाल प्रचण्ड समुहले पुन युद्ध देशलाइ हिंसात्मक तर्फ लिन खोजेको नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका केन्द्रीय सदस्य कौशिला वती खत्रीले बताइन ।

No description available.

सोमबार ओली समुहले नलगाड नगरपालिका ५ दल्लीमा बिशाल जनसभा सम्पन्न गरेको छ । बुधवार माघ ७ गते बारेकोट गाउँपालिकाको लिम्सामा बिशाल जनसभागर्ने कार्यक्रम रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुह स्रोतले जनाएको छ ।


ताजा समाचार