महान छाै जुनि तिमी
प्रकाश वलि (धमिल)
साम्राज्यवादका जल्लादहरुकचौतर्फी गोली वर्षाउँदा
चारैतिर हेलीबाट एट्टीवानको सेल खसाल्दा
जनताको झुपडी घरहरु ध्वस्त पारी खरानी बनाउँदा
त्यहाँ बारीका पाटाहरु र माटोहरु रगतै रगतमा परिणत हुँदा
गाई बस्तुको गोठ जल्दा गाईबस्तु कराई भागदौड सँगै
मान्छेको कोलाहल र चिच्याहटको आवाज आउँदा
त्यही माथि भिषण आक्रमण
बम बारुद वर्षाउँदा
न त तिमीले हरेस खायौ
न त तिमी इतिहासमा पछि पर्यौ
न त साम्राज्यवादीको सामु घुँडा टेक्यौ
कोलाहल र चिच्याहट आवाज बम बारुदको धुवाँ सँगै
झुक्दै नझुकी हामफाल्यौ
कति महान छौ जुनि तिमी
इतिहासको पाना पानामा
कहिले नमेटिने अमिट छाप बनेका छौ
राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा तिम्रो नाम फैलिएको छ
सबैको मानसपटलमा स्मरण भएको छ
पूर्वदेखि पश्चिमका कमरेडहरुले रगत बगाएका छन्
महान शहीदहरुको रगतले लतपतिएको जुनि
तिमी कति हलचल नभई अडिग भएका छौ डग्मगाएका छैनौ
ति प्रतिक्रियावादी शाही सेना माथि बज्र प्रहार गर्नुपर्छ
भन्ने संकेत दिएका छाै
याे दलाल ब्यबस्था लाई धुलाे चटाउदै
कथित कम्युनिस्ट नाम धारि काे दमन लाई चुनैति दिदै
जनताकाे प्याराे कम्युनिस्ट पार्टी लाई प्रतिबन्ध लगायकाे बेला
क्रान्ति काे अबाेध किल्ला बनेर देखाउदै छाै
पन्चेका नया अबतार खपु हरूकाे भ्रमलाई च्यातचुत पादै
फेरि बिउजियका छाै जुनि
सलाम छ । भुलेका छाै त्याे अादर्शलाई।सलाम छ
एकीकृत जनक्रान्तिकाे माेचा बाट
महान छाै जुनि
महान छाै जुनि