निर्वाचनकाे तयारीमा ओली समुह,भार्मामा अगुवा कार्यकर्ता भेला सम्पन्न
जाजरकाेट,२५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकाेटले भार्मामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेकाे छ । ओली समुहले सातै स्थानीय तहमा प्रशिक्षण गर्ने निर्णय अनुसार कुशे गाउँपालिका भार्मामा कार्यक्रम सम्पन्न गरेकाे हाे । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहका केन्द्रिय सदस्य रत्न प्रसाद न्याैपानेकाे प्रमुख आथित्यतामा सम्पन्न गरिएकाे नेपाल कम्युनिष्ट पार्टी कुशे गाउँ कमिटिले जनाएकाे छ । जिल्लामा यतिबेला प्रचण्ड नेपाल समुह सेलाएका छन । सुरुमा अाक्रामक रुपमा उत्रिएका नेपाल प्रचणड समुह यतिबेला शान्तिपुर्णरुपमा अगाडि बढिरहेकाे पाहिन्छ । पछिल्लाे समय अाेलीकाे पक्षमा अाएकाे जनलहर देिख जाजरकाेटमा प्रचणड नेपाल समुह यतिबेला अान्तरिक परामर्शमा लागेकाे स्राेतकाे दाबी छ ।
प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानका लागी सिफारिस गरेकाेले चुनावकाे तयारीमा लाग्नका लागि नेता तथा कार्यकर्तालाइ प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएकाे नेकपाका केन्द्रिय सदस्य डम्बर सिहले बताए ।
‘चुनाव वैशाख १७ गते र २७ गते नै हुने भएकाेले बस्ति स्तरमा शन्देस लिएर पुगेकाे सिहले बताए । देश खतरामा जाने सकेत पाए पछि प्रतिनिधिसभाको चुनाव हुनलागेकाे सिहले बताए ।’ जिल्लामा नेकपा ओली समुहले सात वटै स्थानीय तहमा भेलाको कार्यक्रम सार्वजनिक गरेको छ ।
पुस २५ कुशे पालिका स्तरकाे भेला भार्मामा २७ गते जुनिचांदे पालिका स्तरकाे भेला, २८ छेडागाड नगरपालिका स्तरिय भेला मनघाट,२९ शिवालय गाउँपालिकास्तर ऐराडि माघ ४ गते नलगाड नगरपालिका तल्लु बगर अायाेजना गरिएकाे छ ।
यस्तै माघ ५ मन्मैबगर,६ कैना,७ गते बारेकाेटकाे लिम्सा माघ ९ भेरी नगरपालिकाकाे बाहुनथाना माघ १० भेरी नरपालिकाकाे थर्पु प्राबिमा कार्यक्रम सम्पन्न गर्न लागेकाे नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य चन्द्र प्रकाश घर्तीले बताए ।
यस्तै नेकपा जाजरकाेटले नयाँ सातै स्थानीय तहमा सयाेजक सह-सयाेजक टुगाे लगाएकाे छ ।
१.शिबालय गा.पा.; संयोजक क. हरि ब. थापा,सहसंयोजक-क.चित्रप्रसाद रेग्मी
२.जुनिचांदे गा.पा: संयोजक क.रामबहादुर नेपाली, सहसंयोजक-क.जगत शाही
३.बारेकोट गा.पा: संयोजक-क.भक्तबहादुर बस्नेत
४.कुशे गा.पा: संयोजक-क.जयबहादुर बिक सह-संयोजकहरु-क.कीर्तिबहादुर शाही, क.हरिबहादुर सिंह,क.दिर्घबहादुर सिंह
५.छेडागाड न.पा-संयोजक क.जयराम न्यौपाने(नगरकमिटी अध्यक्ष यथावत) सह-संयोजहरु–क.करबिर चंदारा,क.अमरबहादुर थापा
६. भेरी न.पा: संयोजक-क. गौरी कार्की सह-संयोजक-क.टेकबहादुर गिरी(सागर),क.बिश्वबिक्रम शाह
७.नलगाड न.पा:संयोजक क.जनकबहदुर शाही सहसंयोक-क.डम्बरबहादुर बस्नेत,क.धनबहादुर रावल,क.जित ब मल्ल,क.ओमबहादुर बुढा