जाजरकोटमा प्रधानमन्त्रीको समर्थनमा उत्रिए स्थानीय ( फाेटाे फिचर )

पार्टी फुटाउन पाइँदैन भन्दै नेकपाका नेता कार्यकर्ताले जाजरकाेटमा बिशाल प्रदर्शन गरेका हुन् ।तल्लाे थाप्लेबाट निकालिएको र्याली ठाँटी हुँदै जिल्काला समन्वय समितिकाे कार्लयालय पुगेको थियाे । प्रदर्शनका क्रममा प्रधानमन्त्री वली समर्थक नेता तथा कार्यकर्ताहरुले ‘पार्टी एकता जिन्दावाद, पार्टी फोड्न पाइँदैन, केपी ओली जिन्दावाद, संसद बिघटन बाध्यकारी हो, आज होइन भोलिलाई, १० बर्ष ओलीलाई’ जस्ता नारा लगााएका थिए ।
खानेपानी मन्त्री मणि थापाले नेकपा गम्भीर संकटमा पुगेपनि पार्टी विभाजन भइनसकेको बताएका छन्। ‘नेकपा गम्भीर संकटमा फसेपनि विभाजन भइसकेको छैन, आगामी निर्वाचनसम्म पार्टीमा देखिएको संकट समाधान हुने सम्भावना कायमै छ,’ उनले भने, ‘समस्या समाधान गरी प्रचण्ड माधव पक्षसँग सहकार्य गरेर जान पनि सकिन्छ।’
नेकपा औपचारिक रुपले विभाजन भइनसकेकोले नेता/कार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको उनले बताए। राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानुको विकल्प नभएको पनि उनले तर्क गरे। उनले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताएका छन्। ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी हो, कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्,’ उनले थपे, ‘राजनीति शास्त्रको सिद्धान्तअनुसार पनि सरकार वा प्रणाली संकटमा पर्दा चुनावमै जाने हो।’ पार्टीभित्रको विवादले प्रदेशसभा विघटन गर्ने कुनै सम्भावना नरहेको समेत उनले दावी गरे। ‘प्रदेश सरकार फेरबदल हुनेबारे कुनै प्रकारको छलफल भएको छैन, अहिले प्रदेशसभा वा प्रदेश सरकार विघटन गर्ने कुनै सम्भावना पनि छैन,’ उनले भने।
उक्त भेलामा खानेपानी मन्त्री मणिचन्द्र थापाले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री वली पक्ष्यका केन्द्रीय सदस्य भैरब सुन्दर श्रेष्ठ,चन्द्र प्रकाश घर्ती,लाल बहादुर महतारा ,काैशिला वती खत्री,डम्बर सिह,गाेबिन्द बिक्रम शाह,जय बहादुर शाही ,बेद बहादुर शाही लगाएतले कार्यक्रमलाइ सम्बाेधन गरेका थिए । कार्यक्रमकाे सञ्चालन युवा नेता नारायण घर्तीले गरेका थिए ।
भिडियाे : नेपाल सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापा जाजरकाेटकाे सभालाइ सम्बोधन गर्दै ।
तस्बिरहरु :