Loading... आजः बुधबार, माघ ७, २०७७

कांग्रेसको कार्यक्रममा कम्युनिस्टकाे गीत,प्रधानमन्त्रीको समर्थनमा नारावाजी ( भिडियो सहित)

जाजरकाेट,२९ म‌सिर ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।देशका विभिन्न स्थानमा जुलुस सहित आज सरकार बिरुद्ध प्रदर्शन गरेको छ । नेपाली काग्रेस जाजरकोटको आयोजनामा गरिएको प्रदर्शनमा सरकारको समर्थन गरेको पाहिएको छ ।

साेमबार खल‌गामा आयाेजित बिराेध र्यालिमा सहभागी भएका काग्रेस समर्थक कार्यकर्ताहरुले सदरमुकाम परिक्रम गरी ठाँटी बजारमा आएर कार्यक्रम स्थलमा पुग्नै लाग्दा नेपाली काग्रेस के भन्छ ? केपी वली ल्या भन्छ जस्ता नारा घन्काएका थिए । जिल्लाकाे सातै स्थानीय तहहरुबाट आएका काग्रेस समर्थक कार्यकर्ताहरुले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री वलीकाे पक्षमा नारावाजि गरेकाे स्थानीयकाे भनाइ छ ।

यस्तै  विरोध कार्यक्रममा प्रयोग भएको साउण्ड सिस्टममा नेकपा परित्याग गरी नेपाली काग्रेसमा प्रबेश गर्दा र कार्यक्रा पार्टी सभापति दिपक ज‌ग शाहले समापन गर्दा कम्युनिष्ट पार्टीकाे गित गुन्जियाे ।  साबिक नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेकाे  सुर्यमा भोट भन्ने गित बजेको थियो । गितमा हजुरबाले भन्नुहुन्छ सुर्यमा भाेट हाल्ने, हजुर अामा भन्नु हुन्छ एमालेहाे पाल्ने,गित गुन्जिएकाे थियाे ।

गित गुन्जिए लगतै काग्रेसका नेता तथा कार्यकर्ताहरु गन्तब्य तिर लागेका थिए । सरकारले बिभिन्न काहरुमा भ्रष्टचारीहरुलाइ स‌रक्षण गर्दै आएकाे आराेप लगाउदै बाेलेका नेताहरु अन्तमा कम्युनिष्टकै गित बजाएर कार्यक्रम सम्पन्न गरेका थिए ।

ताजा समाचार