Loading... आजः बुधबार, माघ ७, २०७७

छेडागाड नगरपालिका द्धारा १५ शैयाको अस्पताल सञ्चालन

जाजरकोट , ७ मङ्सिर । जाजरकोटको छेडागाड नगरपालिकाले १५ शैयाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सुचारु सँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने भएका छन ।  सेवा सञ्चालन गर्नका लागि नगरपालिकाले अस्थायी रुपमा संरचना निर्माण गरि कामको सुरुवात गरिएको छेडागाड नगरपालिका नगर प्रमुख लाल बहादुर महताराले जानकारी दिए ।

संघीय सरकारको रु १ करोड र थप नगरपालिकाकाे लगानीमा अस्पताल निर्माणको काम केही दिनमै सुरु हुँने नगर प्रमुख महताराले जानकारी दिए । केही दिनमै चिकित्कसको विज्ञापन गरी अस्पतालमा सेवा सञ्चालनमा ल्याउछाै । उनले भने,हामिले अाज बाट १५ शैयाकाे अस्पतालकाे सुरुवात गरेका छाै । हाम्रा नागरिकहरु अहिले सम्म बाहिर जिल्लाकाे भरमा उपचार सेवा लिदै अाएका छन । समयमै उपचार नपाएर धेरै नागरिकहरुले ज्यान गुमाउनु पनेर् अवस्था तत्तकाल अन्त्य हुने नगर प्रमुख महताराकाे दाबी छ ।

नगरपालिकाले तत्कालकाे लागी स्वास्थ्य सेवा कार्यालय जाजरकाेटबाट  चिकित्सकलाइ ल्याएर सेवा दिन सञ्चालन गरेकाे छ । उक्त अस्पतालमा १ जना मेडिकल अधिकृत , २ जना स्टापनर्स सहित १५ जना कार्यरत रहने छन् । १५ शैयाको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको स्वास्थ्य राज्य मन्त्री नवराज रावतले जानकारी दिए ।


ताजा समाचार