Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल जाजरकोटको अध्यक्षमा मेघराज

जाजरकोट । प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल (PEAN) जाजरकोटको अध्यक्षमा मेघराज खत्री चयन भएका छन । PEAN जाजरकोटको आज सम्पन्न एकता भेलाले खत्रीको अध्यक्षतामा १४ सदस्य रहेको जिल्ला कमिटी गठन गरेको हो ।

नेकपा निकट ईन्जिनियरहरुको संगठन PEAN को उपाध्यक्षमा मोहन मल्ल, सचिवमा महेश काफ्ले, र कोषाध्यक्षमा सर्जन बुढालाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यस्तै सदस्यहरुमा चाँदनी शाह, गोपाल शाही, नवराज शर्मा, जीवन शाही, मनोज केसी, विष्णु रोकाय, रविन कार्की, काैसल केसी, समिला श्रेष्ठ र राम सुन्दर चाैधरी चयन भएका छन । भेलाले जनक आर.सी र पदम थापा रहेको सल्लाहकार समिति समेत गठन गरेको छ ।

कार्यक्रम बोल्दै राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले ईन्जिनियरहरु विकास निर्माणको मेरुदण्ड रहेको बताए । कार्यक्रमको प्रमुख अतिथि रहेका श्रेष्ठले प्राविधिक जनशक्ति इमान्दार भएमात्र पनि विकासले फड्को मार्ने बताए । नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहेका श्रेष्ठले एभ्ब्ल् आफ्नो पार्टीको भातृ संगठन भएपनि पेशाप्रति राजनितिकरण गर्न नहुने बताए । पेशाप्रतिको इमान्दारीता नै पार्टी प्रतिको जिम्मेवारी हुने भन्दै त्यसतर्फ गम्भिर हुन श्रेष्ठको आग्रह थियो ।

कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले विकास निर्माण कार्यमा प्राविधिक जनशक्तिको महत्वपुर्ण भुमिका हुने बताए । हाल प्रविधिमा नविनतम प्रयोग भइरहेको भन्दै नगरप्रमुख घर्तीले ईन्जिनियरहरु त्यसमा अगाडी हुनुपर्नेमा जोड दिए । पेशाप्रति दक्ष र जिम्मेवार बन्न आग्रह गर्दै नगरप्रमुख घर्तीले आफुले कहिले पनि हस्तक्षेप तथा अनावश्यक दबाव नगर्ने बताए ।

कार्यक्रममा बोल्दै एभ्ब्ल् कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष यज्ञ बहादुर कार्कीले पेशागत हकहितको संरक्षणका लागि आफुहरु संगठित भएको बताए । केन्द्र, प्रदेश र जिल्ला तहमा संगठन विस्तार भईरहेको र त्यहि क्रममा जाजरकोटमा पनि कमिटी गठन गरिएको कार्कीले जानकारी दिए । पेशा प्रति इमान्दार भएर सरकार र पार्टीले लिएको समृद्ध नेपाल, सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षा पुरा गर्नमा सहयोग गर्ने कार्कीको भनाई थियो ।

एभ्ब्ल् कर्णाली प्रदेश कमिटीका सदस्य सुर्य प्रसाद लम्सालको अध्यक्षतामा जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भेलामा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ, पुर्व साँसद रत्न प्रसाद शर्मा, नेकपा प्रदेश कमिटी सदस्य यज्ञ बहादुर खत्री, भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्ती, नगर उपप्रमुख भावना भण्डारी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य देवेन्द्र प्रसाद शर्मा,  कमान खड्का, नगर कमिटी अध्यक्ष मुकुन्द प्रसाद शर्मा, PEAN कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष यज्ञ बहादुर कार्की, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।


ताजा समाचार