Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

अस्पतालमा छट्पटाई रहेकी सुनितालाई जया र रोजमीनाको पहलमा आर्थिक सहयोग


जाजरकोट । आर्थिक अभावका कारण उपचार गर्न नसकेकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१३, की सुनिता विकलाई जाजरकोटमा आर्थिक सहयोग गरिएको छ ।

एक हप्ता देखि जाजरकोट अस्पतालमा छट्पटाई रहेकी सुनितालाई स्वास्थ्य सेवा कार्यालयमा कार्यरत जया खड्का र रोजमिना शाहीको पहलामा आर्थिक सहयोग गरिएको हो ।

निकै कमजोर आर्थिक अवस्था भएकी सुनीतालाई अस्पताल तथा स्वास्थ्य कार्यालयमा कार्यरत कमचारी लगायत अन्य युवाहरुले संकलन गरि ६० हजार ७ सय रुपैँया हस्तान्त्रण गरिएको हो । अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला वस्नेतको हातबाट उक्त रकम हस्तान्त्रण गरिएको हो ।
३६ बर्षिय उनलाई चिकित्सकहरुले फोक्सो क्यान्सरको आशंका गरेका छन् । अस्पतालका चिकित्सकहरुले भरतपुर क्यान्सर अस्पतालमा रिफर गरेता पनि आर्थिक अभावका कारण त्यहाँ जान सकेकी थिइनन् ।

राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य विश्वविक्रम शाहको समेत पहलकदमीमा विरामी सुनितलाई आज एउटा गाडीको व्यवस्था गरेर भरपुर पठाइएको छ ।

कर्णाली प्रदेश सभा सदस्य कौशिलावती खत्री, राष्ट्रिय युवा संघका भेरी नगरकमिटिका संयोजक लोकेन्द्र चन्द र कोहलपुर मेडिकल कलेजका स्टाफ नर्स मनिसा पाण्डेले जनही पाँच पाँच हजार, गोबिन्द जंग शाहले २ हजार रुपैँया सहयोग गर्नु भएको रोजमीना शाहीले जानकारी दिनुभयो ।

अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारी संगै माथिल्लो थाप्ले युवा समुहमा आवस्द्ध युवायुवतीहरुले पनि सहयोग गरेका छन् । विरामी सुनिताको लागि थप रकम संकलन भैरहेको स्वास्थ्य सेवा कार्यलयकी जया खड्काले जानकारी दिनु भयो । उहाँले गरिव दिनदुखिलाई सहयोग गर्न सवैलाई आग्रह गर्नु भयो ।

सुनिताको श्रीमानको मृत्यु भइसकेको छ भने छोरा छोरी सानै उमेरका छन् । उनकी ६५ बर्षिय आमा देउमति बिकले हेरचाह गर्दै आउनु भएको छ ।


ताजा समाचार