Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कांग्रेसको शिक्षक संघ छोडेर नेकपाको शिक्षक संगठनमा प्रवेश


जाजरकोट । कांग्रेस निकट नेपाल शिक्षक संघका सदस्य नन्दराम पौडेल नेकपा निकट शिक्षक संगठनमा प्रवेश गरेका छन् । भेरी नगरपालिका ८ का पौडेल काँग्रेसको संघ छोडेर नेकपाको नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका हुन् ।

शिक्षक पौडेललाई आइतवार शिक्षक महासंघका जिल्ला अध्यक्ष हेरम्म बहादुर शाह र संगठनका जिल्ला उपाध्यक्ष टोप बहादुर खत्रीले खादा तथा टिका लगाएर प्रवेश गराउनु भएको हो । २० बर्ष काँग्रेसको शिक्षक संघमा रहेर काम गरेका पौडेलले गतिहिन संघ छोडेर प्रगतिशिल संगठनमा आवद्ध हुन पाउदा खुसी भएको प्रतिक्रिया दिनु भएको छ ।

प्रवेश कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा, केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य रामदिप आचार्य, सांसद कृष्णा शाह, भेरी नगर कमिटिका अध्यक्ष मुकुन्द प्रशाद शर्मा, वडा नम्बर ८ का अध्यक्ष कर्ण बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।


ताजा समाचार