Loading... आजः सोमवार, कार्तिक १०, २०७७

किसानको जिज्ञासा सुन्न निसुल्क टेलीफोन सेवा सुरु


जाजरकोट : कृषकहरुको लागि भेरी नगरपालिकाले निसुल्क टोलफ्री सेवा ‘किसान कल सेन्टर’ सुचारु गरेको छ ।

सहजरुपमा कृषकहरुका समस्या तथा गुनासा सुन्न नगरपालिकाको कृषि शाखामा फोन गर्दा पैसा नलाग्ने टोलफ्री सेवा सुचारु गरेको हो ।

पुर्वमन्त्री झलकनाथ वाग्ले र नगरप्रमुख चन्द्र प्रकाश घर्तीले आज टोलफ्री सेवाको उद्घाटन गर्नु भएको हो । कृषकहरुले अव १६६०८९४३००३ फोन गर्दा पैसा लाग्ने छैन ।

पुर्वमन्त्री वाग्लेले निशुुल्क टेलीफोन सेवा संचालनले छिटो छरितो जानकारी तथा जिज्ञासा राख्न किसान सहज हुने विश्वास व्यक्त गर्नु भयो ।

नगरप्रमुख घर्तीले टोलफ्री सेवाको फाइदा लिएर उत्पादनलाई जोड दिन आग्रह गर्नु भयो । कृषि क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेको वताउदै नगरप्रुख घर्तीले आधुनित तरिकाले व्यावसायीक कृषि पेश गर्न सुझाव दिनु भयो । त्यसको लागि नगरपालिको बिभिन्न सामग्री, प्राविधिक सयोग तथा विउविजनहरु उपलब्ध गराउदै आएको जानकारी गराउनु भयो ।

दुर्गम गाउँबाट सानो समस्या लिएर कार्यालयमा धाउनु पर्ने बाध्यता हटेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताउनु भयो । कार्यालय समयमा कृषकहरुलाई समस्या तथा जिज्ञासा राख्न अनुरोध गर्दै त्यसको समाधान गर्न आफुहरु फिल्डमै खटीएर सेवा दिने उहाँको भनाई छ ।

कृषि शाखाले अयोजना गरेको कार्यक्रममा जिल्ला कृषि सेवा कार्यालयका प्रमुख गणेश अधिकारी, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख पिताम्बर बस्नेत लगायत कृषकहरुको उपस्थिथि रहेको थियो ।

यस्तै कृषि शाखाले पहिलो चौमासिक अन्तरगत हाइब्रेट लगायतका बिभिन्न तरकारीका विउ विजन वितरण पनि सुरु गरेको छ । काउली, टमाटर, मुला, साग लागतका बिभिन्न तरकारीका बिउ बतरण सुरु गरेको शाखा प्रमुख अधीकारीले जानकारी दिनु भयो ।


ताजा समाचार