Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कार्यालय प्रमुख बस्नेत सम्मानित

जाजरकोट,९ असोज ।
खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जाजरकोटका शाखा प्रमुख (वरिष्ट अधिकृत) धर्म बहादुर बस्नेत सम्मानित भएका छन । जाजरकोट जिल्लामा खाद्य आपुर्तिमा महत्वपूर्ण योगदान पुयाएको भन्दै शाखा प्रमुख बस्नेत सम्मानित भएका हुन ।

बिश्व ब्यापी कोराना भाइरसको संक्रणमका कारण सरकारले जारी गरेको लकडाउनका बिच डिपो तथा बिक्रि, केन्द्र शाखामा चामाल आपूर्ति गरेको भन्दै बस्नेतलाइ सम्मान गरिएको छ । जाजरकोट जिल्लाका ग्रामिण क्षेत्रमा ३ महिना खाना नपुग्ने अवस्था कायम छ । खाद्य डिपोको चालम उपभोग गर्दै आएका नागरिकहरुलाइ चामल आपूर्तिमा महत्वपूर्ण भुमिका खेल्दै आएका बस्नेतलाइ सम्मान गरिएको छ ।

भेरी नगरपालिका १ ले बस्नेतलाइ सम्मान गरेको थियो । लकडाउन बन्दाबन्दीमा राहत चामल देखि बिभिन्न दैबिक प्रकोपहरुमा जिल्ला बिभिन्न ठाउँमा खाद्य ब्यवस्थापनमा सहज आपूर्ति गरेको भन्दै बस्नेतलाइ १ नम्बर वडा कार्यालयले सम्मान गरेको थियो । बस्नेत करिब ५ बर्ष देखि जिल्लामा सेवा गर्दै आएका छन । साथै बस्नेतको कार्यकालमा जाजरकोट जिल्लाका बिस्तापित भएका ४ ओटा डिपोहरुलाइ सञ्चालन्मा ल्याएका छन ।

यस्तै जिल्लाको कुशे गाउँपालिका टापुचौर,घरंगामा जुनिचाँदेको तागाँ ,रजुतडामा नयाँ बिक्री केन्द्र स्थापना गरीएको छ । बारेकाेट काउली,नलगाडको कालिमाटि दल्लीमा नयाँ बिक्री केन्द्रको स्थापना गरिएको छ । बस्नेतले एक राष्ट्र सेवक कर्मचारीले कार्यालयमा गर्नु पर्ने दाहित्व पुरा गरेकाे नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकाेटका अध्यक्ष ढकबिर रानाले बताए ।


ताजा समाचार