Loading... आजः सोमवार, कार्तिक १०, २०७७

ढुङ्गा प्रहारबाट जाजरकाेटमा एककाे मृत्यु दुइ पक्राउ

जाजरकाेट ।  ढुङ्गा प्रहारबाट जाजरकाेटमा एकजनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ । जिल्लाकाे कुशे गाउँपालिका २ का २१ बर्षिय झलक सिहकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । स्थानीय दुई युवाबिच आपसी बिवाद हुदाँ कुशे गाउँपालिका–२ टालेगाउँका २२ बर्षिय अर्जुन सिंहकाेे ढुङ्गा  प्रहारबाट सिहकाे मृत्यू भएकाे निमिक्त प्रहरी प्रमुख याम बहादुर मल्लले बताए ।

बिहिबार राति ९ बजे भएको बिवादमा दाइने कन्चटमा ढुङ्गा लागेर गम्भिर घाईते सिंहकाे उपचारका क्रममा ज्यान गएकाे प्रहरी निरिक्षाक मल्लले बताए । प्रथामिक मेडिकलहरुमा उपचार सम्भावना नभए पछी  शुक्रबार  दिउसाे १२ बजे  स्वास्थ्य सेवा कार्यालय जाजरकाेटमा ल्याइएकाे मल्लले बताए ।

स्वास्थ्य सेवा कार्यालय जाजरकाेटमा उपचारका क्रममा दिउसाे ज्यान गएकाे   प्रहरीले जनाएकाे छ । मृतक सिह माथि  ढुङ्गा प्रहार गर्ने युवक फरार रहेका छन । अहिले सम्म साेधपुछकाे लागि प्रहरीले २ जनालाइ नियन्त्रणमा लिएकाे छ ।

ढुङ्गा प्रहार गर्ने अर्जुन  सिहकाे खाेजतलासका लागि इलाका प्रहरी कार्यालय बढावन ,इलाका प्रहरी कार्यालय पाँचकाटीया,अस्थायी प्रहरी पाेष्ट भार्माकाे टिम परिचालन भइरहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।


ताजा समाचार