Loading... आजः सोमवार, कार्तिक १०, २०७७

जुनि बस्तीका सहिद परिवारलाई सम्मान

Image may contain: 2 people, house, outdoor and nature
जाजरकोट,६असोज ।
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा रहेका सहिद परिवारलाइ सम्मान गरिएको छ । आइतवार गाउँपालिका ७ जुनी बस्तीमा रहेका सहिद परिवारहरुलाइ सम्मान गरिएको वडा अध्यक्ष शिसिर घर्तीले बताए ।गाउँपालिका कार्यबहाक अध्यक्ष शिवा आचार्य बस्नेतले जुनी बस्तीमा पुगेर सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गरेकि छन । शस्त्र दन्द्धका क्रममा ज्यान गुमाएका सहिद परिवारका आफन्तलाइ गाउँपालिकाबाट सम्मान गरेको कार्यबहाक अध्यक्ष बस्नेतले जानकारी दिइन ।
सहिदहरुको बलिदानीले प्राप्त नेपालको संविधान जारी भएको ५ बर्ष पुगेको अवसरमा बस्नेत घरदैलोमा गएर परिवारहरु लाई सम्मान गरेकी छन ।गाउँपालिकाको सबै भन्दा दुर्गम ठाउँमा रहेको जुनि बस्तीमा पुगेर नागरिक स्थरबाट राज्य संगको अपेक्षा तथा सल्लाह सुझाव संकलन गरेकी छन । ८ महिना देखि कार्यबहाक समालेकी बस्नेतले यतिबेला नागरिकहरुको जनगुनासो सुन्न दुर्गम बस्तीहरुमा पुगेकि छन । राज्यको ध्यान नगएको युद्धममात्र प्रयोग भएको जुनीबासिको गुनासोलाइ सम्बोधन गर्न बस्नेत दुर्गम गाउँमा पुगेको स्थानीय सत्यनारायण बस्नेतले बताए।

Image may contain: 6 people, including Jay Basnet, Shiva Acharya and Begwan Basnet, people standing, outdoor and nature

माओवादी जनयूद्धमा उद्घम स्थलको रुपमा रहेको जुनी बस्तीमा पछिल्लो समय स्थानीय सरकारले बिशेष ध्यान दिएकोे बस्नेतको भनाइ छ। उनले भने,जुनी बस्तीको महत्वले गर्दा सिंगो गाउँपालिकाको नामाकरण भएको छ । हाम्रा २८ जना सहयोदाको रगत बगेको छ । यहाँ राज्यले कुनै ध्यान नदिएको बिभिन्न समाचारहरु प्रकाशन समेत भएका थिए । पछिल्लो समय स्थानीय सरकारले जुनी बस्तीका सहिद परिवारको अभिभावकको रुपमा घरदैलोमा पुग्ने गरेको बस्नेतको भनाइ छ । राज्यको पहुँच भन्दा निकै टाडा रहेको जुनी बस्तीमा सहिद परिवार संग भेटघाट तथा अन्तरकृया कार्यक्रममा सहभागि भएको कार्यबहाक अध्यक्ष बस्नेतले बताईन । यस्तै जुनी बस्तीलाइ १ बर्ष भित्र सडक सञ्जालको दायराम ल्याउने बस्नेतको भनाइ छ ।

कार्यबहाक अध्यक्ष बस्नेतले सहिद परिवारका घर घरमा गएर गुनासाहरु सुनेकाम गरेकी थिइन । यस्तै खरको छाना हटाएर टिनको छाना लगाउनमा गाउँपालिकाले महत्वपूण योग्दान गरेको उनले बताइन । नेपाल कम्युनिष्ट पार्टी माओवादीको अखडा क्षेत्रका रुपमा प्रचित जुनिबस्तीका नागरिकहरुको गुनासा सुनुवाई गर्दै घरदैलोमा ब्यस्त छन । खाद्यन आपूत्तिको लागी जुनी बस्तीका नागरिकहरु जाजरकोट भन्दा दैलेखको नौमुलेहुदै २ दिनको ढुवानी पछि आपूति हुदै आएको थियो । पछिल्लो समय स्थानीय सरकारको पहलमा जुनी बस्तीका लागी रजुतडामा नयाँ खाद्य डिपो स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी जुनिचाँदे गाउँकमिटिका अध्यक्ष जय बहादुर घर्तीले बताए । भौगोलिक बिकटताले पछाडी परेको जुनी बस्तै बिस्तारै बिकास निर्माणको गतीमा अगाडी बढिरहेको अध्यक्ष घर्तीले बताए । जनयूद्धकालमा जंगलको बाटोमा घण्टौ हिडेर पुगिन्थ्यो । अहिले १० नम्बर सडक सञ्जाल जोडिए संगै जुनी बस्तीमा सडक जोडीन समय नलाग्ने उनले बताए । भेटघाट तथा सम्मानको कार्यक्रम पूण म गर्नुभएको छ । स्राेत : भेरीमालिका दैनिक 


ताजा समाचार