Loading... आजः सोमवार, कार्तिक १०, २०७७

‘नेपाली सेनाकाे हेलिकप्टर पहिले मान्छे मार्न आउँथ्यो, अहिले बचाउन आयो’

Image may contain: mountain, outdoor and nature

जाजरकोट । दश वर्षे जनयुद्धको उद्गम केन्द्र मानिएको जाजरकोटको जुनि बस्ती अहिलेसम्म राज्यको पहुँचभन्दा निकै टाढा छ । दश वर्षे यूद्धका क्रममा यहाँका २८ जना नागरिकहरु तत्कालीन राज्य पक्षका सेनाद्वारा हत्या गरिएको थियो । २०५५ मसिर १० गते १४ जना स्थानीयलार्ई मजकोटको भालुकुईयामा नेपाल प्रहरीद्वारा सामुहिक हत्या गरिएको थियो ।

जुनिचाँदे गाउँपालिका ७ का कमन घर्तीको बिहेमा जुनिबाट दैलेखको नौमुले गाउँपालिका भित्रखोला जाँदै गरेको १४ जना जन्तिलार्ई तत्कालिन सरकारी पक्षका नेपाल प्रहरीले जुनि बस्तीबाटै अपहरण गरी भालुकुइयामा सामुहिक हत्या गरेको स्थानीय ओइलसिंह घर्तीले बताए ।

२०५५ असार ३ गते जुनिचाँदे गाउँपालिका ७ जुर्क खासिबाङ्ग खेत रौन गएका ८ जना खेतालाहरुलाई खेतबाटै नेपाल प्रहरीले अपहरण गरी सादलाग्नीको लेखमा सामुकि हत्या गरेको घर्तीले बताए ।

युद्धको उदगम स्थल मानिएको जुनि बस्तीका २८ जना सरवसाधारण नागरिकहरुको नेपाल प्रहरी द्वारा अपहरण गरीहत्या गरेको नेपाल कम्युनिष्ट पार्टी जुनिचाँदे गाउँ कमिटिका अध्यक्ष जय बहादुर घर्तीले बताए ।

‘२०५९ सालमा नेपाल कम्युनिष्ट पार्टी माओवादीको भेरी कर्णाली क्षेत्रीय प्रशिक्षण कार्यक्रम जुनि बस्तीमा सञ्चालन भएको थियो ।’ उनले भने, ‘माओवादीका नेता पोष्ट बहादुर बोगटीको प्रमुख आतिथ्त्यामा भएको कार्यक्रममा पहिलोपटक नेपाली सेनाको हेलिकोप्टरले हवाई फाएर गरेको थियो । उक्त घटनामा परः लक्षमण बुढा लगाएत ३ जना सर्वसाधारण नागरिकहरु गम्भीर घाइते भएका थिए ।’‘ घाइतेहरु अहिले आजिवन जिवन निर्वाह भत्ता पाउदै आएका छन ।’

तत्कालीन सेनाको हवाई फाएरबाट घाइते भएका लक्षमाण बुढाको दाईने खुटा गुमाउनु परेको स्थानीय सेते रोकाले बताए ।घाइते हुनेमा बिर बहादुर घार्तीको दाइने आखा गुमाउनु पर्यो । संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो सबिधान ल्याउन १० वर्षे जनयुद्धमा होमिएका यहाँका नागरिकहरुलाई राज्यले कुनै ध्यान नदिएको रोकाको भनाइ छ ।

Image may contain: one or more people, sky, car, outdoor and nature, text that says 'AIRBUS'

‘२०५८ साल देखि गाउँमा नेपाली सेनाको नियमित हवाई गस्ती हुन्थ्योे ।’उनले भने ‘ काखमा सानो छोरा र दुई छोरी बोकेर घर नजिकैको रानि वनमा लुक्न जान्थ्यौं । ’‘ राति १÷२ बजे घरमा प्रहरीको डरले रोटि बनाएर तिन छाक टार्नु पथ्यो ।’‘ पञ्चाला र चाँदेको लेख हेर्दै कतिबेला सेनाको हेलिकोप्टर पुग्छ भन्दै बिहान झुसमुसे उज्यालोमा जंगलमा गएर ठुलो ओडारमा लुक्नु पर्ने बाध्यता थियो ।’‘

शिक्षा स्वास्थ्य खानोपनी जस्ता आधारभुत आवश्यक्ता कुरा नगरौ १० वर्षे जनयुद्धमा जंगलको ओडारमा कतिपय रात कठ्याग्रीएर काटदै कतिबेला उज्यालो हुन्छ भन्दै बिताएर रोकाले बताए ।

रोका मात्र हैन सोही गाउँकी सशिला घर्तीको बेदनाउस्तै छ । जनयुद्धमा नेपाली सेनाको हवाई गस्तीका कारण ७ दिनको छोरा काखमा च्यापेर ओडारको बास बसेको घर्तीले बताइन । जुनिचाँदे गाउँपालिका कार्यपालिका सदस्य समेत रहेकी घर्तीले जनयुद्धमा राज्यतर्फबाट निकै नोक्सानी ब्यहोर्नु परेको बताइन । उनले भनि ‘ सात दिनको छोरो काखमा च्यापेर जंगलको बास गर्थे ’ ‘सेनाको हवाई गस्तीकाकारण हेलिकोप्टरको आवाज आउन बितिकै रानि वनमा लुक्थ्यो ।’‘ बिहान ९ बजेनै जंगल जानु पर्ने बाध्यता थियो ’ सुत्केरी अवस्थामा पनि नेपाली सेनाले घरमा बस्न नदिएको घर्तीले बताइन ।

श्री पाँच सरकारको नेतृत्व गरेका नेपाली काग्रेसका प्रधानमन्त्री शेरबहादुर देउबाको निर्देशनमा माओवादीका अखडा किल्लाहरुमा हवाइ फाइर गर्दै बस्तीनै छिया छिया बनाएको नेकपा जुनिचाँदे गाउँ कमिटिका अध्यक्ष घर्तीले बताए । नेपाली समाज र राज्य व्यवस्थालार्ई जरैदेखि हल्लाएर पुँजीवादी लोकतान्त्रिक क्रान्तिलार्ई पूर्णता दिन माओवादी पार्टीको पुनर्गठन र ०५२ फागुन १ गतेबाट सशस्त्र जनयुद्धको थालनी भएको थियो ।

Image may contain: 1 person, sitting

२०५२ सालमा जनमोर्चा नामक पार्टीको जुनिचाँदे गाउँपालिका ७ स्थानीय ओइलसिंह घर्ती (निर्माण) को नेतृत्वमा आन्दोलनको सुरुवात भएको थियो । २०५३ साल जेठ देखि घर्ती, ढोल बहादुर बुढा, बल बहादुर बुढा, नरबिर बुढको नेतृत्वमा माओवादी जनयुद्धको सुरुवात भएको वडाअध्यक्ष शिसिर घर्तीले बताए ।

जनयुद्धका क्रममा द्वन्द्वपीडितहरुको व्यवस्थापनको लागि २०५६ चैत्र १२ गते जुनि कम्युनिष्ट कमिनकोे स्थापना भएको घर्तीले बताए । २०५८÷०५९ सालमा बस्तीमा दैनिक नेपाली सेना गस्ती र हवाई आक्रमणले जमिनहरु छिया–छिया भएको अध्यक्ष घर्तीले बताए ।

बिहिवारमात्र जुनिचाँदे गाउँपालिका ७ का नरेश बहादुर घर्ती बिसालु सर्पको टोकाईबाट गम्भीर घाईते भए । घर्ती रजुतडा खोलाबाट घर जाने क्रममा विषालु सर्पको टोकाईबाट गम्भीर घाईते भएका थिए ।

घाईते घर्तीलाई बचाउनको लागि सोही स्तरका नागरिकहरुले तीन तहका सरकारले गुहारे । घर्तीलाई जुनिचाँदे गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचायस् बस्नेत संघिय वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतको पहलमा उद्वार भयो ।

घाईते भएका घर्ती सहित पृथि बहादुर घर्तीका छोरा हुन । घाईते घर्तीका बुवा लार्ई तत्कालीन सरकारी पक्षले माओवादी बिद्रोहीभनेर २०५५ मंसिर १० गते बिहेमा जन्त गएको बेला अपहरण गरी भालुकुइयामा हत्या गरेको थियो ।

Image may contain: one or more people and outdoor, text that says 'ARMY 55'

शुक्रवार घर्तीलाई लिन पहिलोपटक जुनि बस्तीमा नेपाली सेनाको हेलिकोप्टर पुगेको थियो । ०६२ मंसिर ७ गते १२ बुँदे समझदारी पछि शृंखलाबद्ध रूपमा भएको ०६२÷०६३ को संयुक्त जनआन्दोलन, र ०६३ मंसिर ५ गतेको बृहत् शान्ति सम्झौतापछि सेनाको हेलिकोप्टर पहिलोपटक गाउँमा पुगेको थियो । गाउँमा स्थानीय सरकारको आर्थिक सहयोगमा गाउँमा सेनाको हेलिकोप्टर आउँदा जुनि बस्तीका नागरिकहरु जनयुद्धको स्मरण गरेका छन् ।

Image may contain: 1 person, sitting

स्थानीय सरकारले पठाएको नेपाली सेनाको हेलिकोप्टरलाई लिएर गाउँलेहरु पुन त्रसित भएको स्थानीय राजेन्द्र रोकाले बताए । उनले भने, ‘पहिले हामीलाई मार्न आउने सेनाको हेलिकोप्टर पहिलो पटक गाउँमा आयो ।’ ‘ सहिदले गरेको बलिदानिले अहिले आफै मार्न आउने नेपाली सेना नागरिक बचाउन गाउँमा पहिलोपटक हेलिकोप्टर पुगेको छ ।’ पुरोना दिनको सम्झना आउने गरी शान्तिप्रकृया सम्पन्न भएको १४ वर्ष पछि सेनाको हेलिकोप्टर गाउँ पुगेको रोकाको भनाइ छ । यतिबेला जुनिबस्तीका नागरिकहरु पुन देश युद्धमा होमिएको होकी भन्नेमा सुरुमा त्रसित भएता पनी नागरिक बचाउन आएकोमा निकै खुसी भएका छन । सर्पको टोकाईबाट घाईते भएका घर्तीको नेपाली सेनाको हेलिकोप्टरमा उद्वार गरि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार जारी रहेको छ । जाजरकाेटबाट प्रकाशित भेरीमालिका दैनिकमा रेशमबहादुर खड्काकाे बाइलाइनमा समाचार छापिएकाे छ ।


ताजा समाचार