Loading... आजः बिहिबार, अशोज १५, २०७७

युद्धभूमिमा एकीकृत बस्ती बसाल्दै प्रदेश सरकार


जाजरकोट : कर्णाली प्रदेश सरकराले विभिन्न विकट क्षेत्रमा छरिएर रहेका बस्तीहरुलाइ एकिकृत कार्यक्रम सञ्चालनमा ल्याएको छ । दुर्गमका बाढी पहिरो लगायतका प्राकृतिक विपदको उच्च जोखिममा रहेका बस्तीहरुलाइ नयाँ ठाउँमा पूनः स्थापना तथा छरिएका बस्तीहरुको एकिकृतको लागी बस्ति बिकासको अवधारण ल्याएको हो ।

आफ्नो घरजग्गा नभएका ब्यक्तिको संरक्षण, उत्थान, सशक्तिकरण तथा क्षमता विकास गर्न जाजरकोटमा पनी उक्त कार्यक्रम सञ्चालन भएको छ । प्रदेश सरकारले आधारभूत एवं सुरक्षित आवासको व्यवस्थाका लागि कार्यविधि निर्माण गरि काम गरिरहेको छ । जिल्लाको जुनिचाँदे गाउँपालिका ७ भौगोलिक रुपमा विकट बस्तीको रुपमा परिचित छ ।

दश बर्षे जनयूद्धको उद्घम थलोका रुपमा रहेको बस्ती निकै छरिएर रहेको बस्ती हो । भौत्तिक पूर्वाधारको विकास गर्न धेरै बजेट लगानी गर्नुपर्ने बाध्यात्मक परिश्थीतिमा यही समस्याको दिर्घकालिन समाधान गर्न प्रदेश सरकारले एकिकृत बस्ती विकास योजना अगाडि सा¥यो । आफ्नो नीति तथा कार्यक्रममा नै प्रदेश सरकारले भौगोलिक रुपमा विकट र छरिएर रहेका बस्तीलाई एकिकृत बनाउने घोषणा गरेको थियो ।

प्रदेश सरकारले गत चालु आर्थिक वर्षमा बस्ती विकासको लागि बजेट विनियोजन गरिएको थियो । अनेत्र जिल्लाहरुमा उक्त कामको प्रगति हेर्दा यो आर्थिक वर्षमा योजना कार्यान्वयन हुनेमा अन्यौलता सृजना भएको थियो । यहाँका नागरिकहरुले कार्यक्रमको पहिलो चरणको काम सम्पन्न गरेका छन । जुर्क र निपानेमा छरिएका बस्तीलाई एकिकृत गर्न प्रदेश सरकारले २७ लाख रकम गाउँपालिकामा पठाएको थियो ।

बिनियोजन बजेट अनुसार बस्तीको पहिलोचराण घडेरी सम्याउने काम सम्पन्न भएको स्थानीय जय बहादुर घर्तीले बताए । छरिएर रहेका ग्रामीण बस्तीमा अपेक्षाअनुसार काम भएको उनले बताए । उनले भने, जुनिचाँदे गाउँपालिकाको सबै भन्दा दुर्गममा रहेको बस्ती एकिकृत हुदै छ । हामीले २ सय २५ घर बस्ती विकासको अवधारणा अनुसार काम गर्र्दै छौं । सहिदले बलिदानी गर्दै आएको बस्तीमा राज्यले न्याय गरेको घर्तीको भनाइ छ ।

कार्यक्रम कार्यान्वयनको लागी कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा पूर्वाधार विकास अन्तर्गत एकिकृत बस्ती निर्माण गर्न भन्दै २३ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । छरिएर बस्ने बाध्यतालाई अन्त्य गर्न एकिकृत बस्ती विकास गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश सभा सदस्य कौशिला खत्रीले बताइन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चालु आर्थिक वर्षमा पूर्वाधार विकास अन्तर्गत एकिकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरेको खत्रीको भनाइ छ । ९ सय १६ जनाको जनसंख्या रहेको जुनि बस्ती अहिले सम्म पनी छरिएर बसिरहेका छन । उनले भनिन, एउटै ठाउँमा भवनहरु बनाएर एकिकृत नमुना बस्ती निर्माण गरी नागरिकलाई सबै सेवा सुविधा प्रदान गर्ने प्रदेश सरकारको लक्ष्य छ । एकिकृत बस्तीका लागि स्थानीय तहले डीपीआर बनाएर पहिलो चरणको काम सम्पन्न भएको खत्रीले बताइन । एकिकृत वस्ती विकासको काम अहिले जुनिचाँदे गाउँपालिका ७ जुर्क र निपानेमा पहिलो चरणको काम सम्पन्न भएको स्थानीय राजेन्द्र रोकाले जानकारी दिए । एकिकृत बस्तिमा २ सय २५ वटा घरहरु निर्माण हुनेछन् । एउटै मोडालिटीका हुने घरहरु सकेसम्म पुरातत्वी झल्को आउने किसिमका हुने जुनिचाँदे गाउँपालिकाले जनाएको छ ।


ताजा समाचार