Loading... आजः बिहिबार, अशोज १५, २०७७

कोरोनाले घर फर्कायो, रोगको भन्दा भोकको डर


रेशम बहादुर खड्का
जाजरकोट : चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्व भरी फैलिएको छ । कोरोना महामारीमा रोजगारीका लागि छिमेकी मुलुकमा गएका नागरिकहरु धमाधम घर फर्किरहेका छन् । रोजगारीका लागी छिमेकी देश भारत लगाएत अन्य तेस्रो मुलुकमा गएका नागरिकहरु अधिंकास गाउँ फकिएका छन ।

जिल्लामा कतिपय नागरिकहरु आउन नपाएर उतै रोकिएका छन् । जाजरकोट जिल्लामा मात्र ४ हजार ५ सय नगरिकहरु भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याकमा उल्लेख छ । स्वदेश होस् या विदेश, यतिबेला गाउँमा युवाहरु भरीभराउ भएका छन ।

जिल्लाका सात ओटा स्थानीय सरकारले बाहिरबाट आएका युवाहरुलाइ ब्यवस्थापन गर्नको लागी कुनै पनी चासो नदेखाएको सरोकार वाला निकायको आरोप छ । बिदेशबाट फकिएका युवाहरुलाइ सहुलियत कर्जामा सहजीकरण, वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक कृषिमा रोजगार दिने सरकारले निर्णय समेत गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई सक्षम बनाउँदै स्वदेशमै रोजगारी दिने घोषणा गरे । बेरोजगारी समस्या हल हुने गरी रोजगारीका कार्यक्रम ल्याउने तयारी रहेको प्रधानमन्त्री ओलीको दाबी थियो ।

जाजरकोटका अधिकांस युवाहरु बैदेशिक रोजगारमा जाने गरेका छन । सानै उमेरमा बिवाह गर्नाले घर खर्चका लागी भएपनि युवाहरु बैदेशिक रोजगामा जानु पर्ने बाध्यता रहेको छेडागाड नगरपालिका ५ सरोजजंग शाहीले बाए । उनले भने, जिल्लाको पश्चिमी क्षेत्रमा अहिले पनी बालबिवाह गर्ने प्रचलन छ । बिद्यालय अध्ययन गर्दै बिहे गर्नाले खर्च टार्नकै लागी भारत अन्य मुलुकको सहारा लिनु पर्ने बाध्यता रहेको छ । जिल्लामा भित्रियका नागरिकहरु अहिले गाउँमा के खाने भन्ने पिरले दैनिकि बिताउदै आएका छन ।

स्वदेशमा रोजगारी नपाए पछि जिल्लाका हजारौ नागरिकहरु घरखर्च चलाउनको लागी विदेशमा पसिना बगाइरहेका छन् । बर्सेनि सयौंको संख्यामा जाजरकोटबाट यहाँका नागरिकहरु श्रमबजारमा जाने गरेका छन । पछिल्लो समय त्यसमाथि कोरोनाले वैदेशिक रोजगारी पूर्णरुपमा रोका लागेको छ । कोरोनाको कहर अझै बढ्दै गएकाले बेरोजगारीको स्थिति भयावह आउने सरोकार वाला निकायको भनाइ छ । तलब र ज्याला पाउने काममा वा नाफा र नोक्सान आफैं बेहोर्ने गरी कुनै व्यवसायमा युवालाई संलग्न गराउन सरकारले ठोस नीति ल्याउनुपर्ने भेरी नगरपालिका ४ स्थानीय कृष्ण कार्कीले बताए ।

गत चैत्र ११ गते भारतको सिम्ला देखि जुनिचाँदे फकिएका भिम बहादुर खड्का यतिबेला चाँदे हिमालमा पुगेका छन । रोजगारीको खोजिमा छिमेकी मुलुक भारत गएका खड्का यतिबेला खिरौलो,सेतक चिनि कोर्न चाँदे पाटन पुगेका छन । घर खर्च चलाउनको लागी खिरौलो कोर्न पाटन गएको खड्काको भनाइ छ। उनले भने,घर खर्च चलाउनको लागी भारत जानु पर्छ । गाउँमा कुनै रोजगार छैन । रोगले भन्दा भोक्ले मरिने भयो ? गाउँमा बसेर परिवार पाल्न मुस्कील छ । दशै तिहार मेलापातको समय आएको छ । घरपरिवारलाइ मिठो मसिनो खानको लागी भएपनी ज्याला गर्नु पर्छ । आम्दानीको स्रोत अन्य कुनै छैन कालापाड गएर परिवार पाल्ने साहुको ऋण तिर्नु पर्ने बाध्यता रहेको खड्काको भनाइ छ । खड्का जस्तै जिल्लाका युवाहरु अहिले छटपटि रहेका छन ।

जिल्लाका ७ ओटा स्थानीय तहले गत असार १० आफना नितितथा कार्यक्रमहरु सार्वजनिक गरेका थिए । कर्णाली प्रदेश सरकारलेत जेठ १ गते देखि प्रदेशका सबै जिल्ला तथा स्थानीय तहमा ‘बाँझो जग्गामा खेती गर्ने अभियान’ सुरु ग¥यो । प्रदेश सरकारले अभियानको लागि चालू आर्थिक वर्षमा मात्र ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । ७९ वटै स्थानीय तहसँग समन्वय गरी कार्यक्रम लागू गर्नका लागी प्रदेशले बजेट समेत बिनियोजन गरेको छ । कर्णाली प्रदेश भरी अहिले करिब २८ हजार हेक्टर जग्गा बाँझो छ । उक्त जग्गामा गह्रा सुधार कार्यक्रममार्फत खेत गरी ७१ हजार व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिने लक्ष्य राखेको छ ।

तर जिल्लामा भित्रिएका नागारिहरु अहिले गाउँमा ब्यरोजगार बस्न बाध्य भएको स्थानीय चक्र बहादुर बिकले बताए । गाउँमा दशै तिहार जस्तै चहलपहल बढेको प्रदेश सभा सदस्य गणेश सिंहले बताए । कोरोनाका कारण बाहिर भएको नागरिक जिल्लामा भित्रिनाले सबैलाइ अहिले घरमा भेट्न सकिने उनले बताए । उनले भने, केहि दिन अघि गाउँ गएको बेला धेरै पुरना मित्रजनहरु संग भेट भयो । कोरोना संगै सरकारले जारी गरेको लकडाउनले अहिले जनता गाउँ केन्द्रीत भएको छ । कोरोनाले गर्दा शैक्षिक संस्थाहरु पूर्णरुपमा थप्प छन । छिमेकी मुलुकमा गएर कामगरि खाने नागरिकहरु समेत अहिले घरमा भौतारी रहेको सिंहको भनाइ छ ।

तर जिल्लमा भित्रियका युवाहरुको ब्यवस्थापनको लागी कुनै स्थानीय तह गम्बीर नभएको सरोकारवाला निकायको आरोप छ । यस्तै जिल्लामा चार हजार ३ सय ९४ नागरिकहरु भित्रिएका छन ।

सरकारले जारी गरेको लकडाउनको अवदिबाट हाल सम्म जिल्लामा ७ ओटा स्थानीयतहका ४ हजार ३ सय ९४ नागरिक भित्रिएको स्वास्थ्य सेवा कर्यालय जाजरकोटले जनाएको छ । जिल्लाको बारेकोट गाउँपालिकामा ४ सय ५८ जना भित्रिएका छन । यस्तै भेरी नगरपालिकामा भेरी नगरपालिकामा ८ सय ५३ जना कुशे मा ३ सय ९५ जना भित्रिएका छन ।

यस्तै जुनिचाँदे गाउँपालिकामा ५ सय ३३ जना नागरिक भित्रिएको जुनिचाँदे गाउँपालिकाले जनाएको छ । यस्तै जिल्लाको नलगाड नगरपालिकामा ४ सय ७५ जना भित्रिएको नलगाड नगरपालिकाले जनाएको छ । यस्तै छेडागाड नगरपालिकामा ९ सय ७२ जना नागरिक भित्रिएको नगरपालिकाले जनाएको छ । यस्तै शिवालय गाउँपालिकामा ७ सय ८ जना नागरिक भित्रिएको गाउँपालिकाले जनाएको छ ।


ताजा समाचार