Loading... आजः बिहिबार, अशोज १५, २०७७

कोरोना पुष्टि भए अब २५ हजार मात्रै पाइने

काठमाण्डौ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि २५ हजार रुपैयाँमात्र दिने व्यवस्था गरेको छ ।

यसअघि एक लाख बराबरको बीमा गरेका व्यक्ति कोरोना सङ्क्रमण भएमा एक लाख भुक्तानी दिँदै आएको समितिले अब पुष्टि भएपछि २५ हजार र बाँकी ७५ हजार आइसोलेशन तथा उपचारको बिल भर्पाइको आधारमा दिने भएको हो ।

आइतबारदेखि नयाँ व्यवस्था लागू भएकोले आइतबारसम्म बीमा गर्नेहरुले भने सङ्क्रमण पुष्टि हुनासाथ एक लाख रुपैयाँ पाउने छन् । यस्तै समितिले गएको १९ गते निजी प्रयोगशालामा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो । यसको विरोध भएपछि समितिले निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको छ ।


ताजा समाचार