Loading... आजः बिहिबार, अशोज १५, २०७७

स्वास्थ्य सचेतना अपनाउँदै बाल दिवस मनाइयो

जाजरकाेट । “विपदमा बालअधिकारको सुनिश्चितता, हामी सवैको प्रतिवद्धता ” भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस २०७७ सम्पन्न गरिएको छ ।

अष्ट्रेलियन एड,कारितास अष्ट्रेलिया,को आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम (NLRP)  अन्तरगत युवा जाजरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट को आयोजनामा भेरी नगरपालिका वडा नं १, शहिद स्मृति युवा क्लव र नवश्रीनजनशील शान्ति युवा क्लव शिव माद्यामिक विद्यालयको समन्वयमा श्री शिव माद्यमिक विद्यालय कालेगाउँमा “बाल विवाह विरुद्ध मेरो संकल्प” विषयक वक्तृत्वकला प्रतियोगिता गरि सम्पन्न गरिएको छ ।

युवा जागरण विकास केन्द्र नेपाल – यार्सन जाजरकोटका जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेतको अध्यक्षता र वडा अध्यक्ष दीपक रानाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिव माध्यमिक विद्यालयका प्रधानअध्यापक तीलक वहादुर खत्री, यार्सनका सहजकर्ता धर्मराज परियार ले ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा शीव माध्यमिक विद्यालयमा अध्ययनरत १८ महिने कृषी तथा भेटनरी जेटीए मा अध्ययनरत बालबालिका , कालेगाउँ तथा रावतगाउँ, कोलचौर का बालबालिकाहरु लाई प्रतिनिधिमुलक रुपमा सहभागिता गराइएको थियो । कार्यक्रममा उपस्थीत सवै लाई मास्क उपलव्ध गराइ मास्क लगाउनुको साथै सामाजिक दुरीको व्यवस्था गरेर कार्यक्रम सन्चालन गरिएको शहिद स्मृति युवा क्लवका अध्यक्ष प्रेम विक ले बताउनु भयो ।

शहिद स्मृति क्लवका अध्यक्ष प्रेम विक ले सन्चालन गर्नु भएको उक्त बक्तृत्व प्रतियोगितामा सहभागिहरुले बाल विवाह हुनुमा घरायसी समस्या,देखासीकी, आर्थिक गरिविको अवस्था,सामाजिक मान्यता,आदिले हुने गरेकाले यस को न्यनिकरणको लागि जनचेतना फैलाउनु पर्ने सुझाव दिएका थिए ।

८ जना प्रतियोगिहरुले भाग लिएको वक्तृत्व प्रतियोगितामा सावीत्रा खत्री प्रथम, सुस्मा पुन मगर द्धिर्तीय र सर्मीला विक ले तिर्तिय स्थान हाँसील गर्नु भएको थियो । प्रतियोगितामा स्थान प्राप्त तथा अन्य सहभागिहरुलाई समेत प्रमाण–पत्र र कापी कलम पुरुस्कार स्वरुप वितरन गरिएको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि दीपक रानाले बर्तमान यस जटील परीवेसमा पनि बालदीवसको महत्वलाई ध्यान दिई कार्यक्रम सन्चालन हुनु बालबालिकाको लागि अवसरको रुपमा रहेको बताउनु भयो । बालबालिकाहरुको आफ्नो दीवसको रुपमा भव्यताका साथ मनाउन नपाएपति प्रतिनिधिमुलक सहभागि साथ सहभागिताले पढाई प्रतिको जागरण वढाउने विस्वास व्यक्त गर्नु भयो ।

त्यसै गरि विद्यालयका प्रधानअध्यापक तीलक बहादुर खत्री ले विगत देखी मनाउँदै आएको बालदिवस लाई यस वर्ष सवैको सहभागितामा मनाउन नपाइएता पनि विद्यार्थिहरुको जागरणका लागि विद्यालयमा मनाइएको बताउनु भयो । यसले गर्दा लामो समयदेखी पठनपाठन रोकीदा प्रभावित बालबालिकालाई उत्साहीत बनाएको बताउनु भयो ।

कार्यक्रम का अध्यक्ष एवं यार्सन जाजरकोटका कार्यक्रम संयोजक सहदेव बस्नेतले आजको दिन बालबालिका हरुका लागि उत्सवको दीन भएकाले बालबालिका माझ कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । बर्तमान कोरोना महामारीमा होस वा अन्यविपदको समयमा सवै भन्दा वढि प्रभावित बालबालिकाहरुनै हुने भएकाले सवै सरोकारवालाहरुले सचेतना अपनाउनु पर्ने उहाँको भनाई थियो ।


ताजा समाचार