Loading... आजः बिहिबार, अशोज १५, २०७७

घाइते क्रिकेटर भण्डारी थप उपचारको लागि कोहलपुरमा

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर ललित सिंह भण्डारीलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ। उनलाई राति १२:३० बजे धनगढी निसर्ग अस्पतालबाट कोहलपुर मेडिकल कलेज रेफर गरिएकाे हाे ।

उनको अवस्थामा सामान्य सुधार आएको छ। भण्डारीको खुट्टा, कम्मर र टाउकोमा चोट लागेको छ। निसर्ग अस्पतालमा उनको टाउकोको चोटको सिटि स्क्यान सम्भव नहुँदा उनलाई नेपालगंज रेफर गरिएको हाे ।

दुर्घटनामा घाइते भएका भण्डारीका भाइ नाता पर्ने करन ठगुन्नाको भने अवस्था सामान्य रहेको छ। मोटरसाइकल ललितले चलाएका थिए र करन पछाडी बसेका थिए।

कंचनपुरको झलारी बजारमा भएको दुर्घटनामा भण्डारी चढेको मोटरसाइकल ट्रकसंग ठोकिएको थियो। धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र भण्डारी चढेको म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको थियो। घटना पछि ट्रक चालक फरार रहेका छन्। ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको छ।


ताजा समाचार