Loading... आजः बिहिबार, अशोज १५, २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनलाइन र अफलाइन परीक्षा

सुर्खेत । मध्यपश्चिमाञ्जल विश्वविद्यालयले मध्यवर्ती परीक्षा अफलाइन र अनलाइन दुबै माध्यमबाट सञ्चालन गरेको छ ।

विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदी विद्युत र इन्टरनेटको पहुँचमा नभएका परीक्षार्थीका लागि अफलाइन परीक्षा दिने व्यवस्था मिलाइएको बताउँछन् । उनका अनुसार अफलाइन परीक्षा दिने विद्यार्थीहरूले प्रश्नपत्र पाएको भोलिपल्टसम्म लेखेर बुझाउन सक्छन् ।

गत साउन १६ गते बसेको मध्यमाञ्चल विश्वविद्यालय पदाधिकारी बैठकले वस्तुगत, विषयगत र ‘प्रोजेक्ट बेस्ड एसाइनमेन्ट’को आधारमा प्रश्नपत्र तयार पार्ने निर्णय गरेको थियो ।

परीक्षार्थीले विश्लेषणात्मक र आलोचनात्मक ढंगले जवाफ दिनुपर्ने गरी प्रश्नपत्र बनाइएको परीक्षा व्यवस्थापन प्रमुख डा. सुवेदी बताउँछन् । मध्यवर्ती परीक्षामा अनुपस्थित विद्यार्थी सेमेस्टरको अन्तिम परीक्षामा सहभागी हुन नपाउने उनले जानकारी दिए ।

मध्यमाञ्चल विश्वविद्यालयद्वारा सार्वजनिक तालिका अनुसार भदौ १९ गतेसम्म मध्यवर्ती परीक्षा सम्पन्न भईसक्नेछ ।


ताजा समाचार