Loading... आजः बिहिबार, अशोज १५, २०७७

इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो टि-२० क्रिकेट वर्षाको कारण रद्द

काठमाण्डौ । इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो टि-२० क्रिकेट पानी परेपछि रद्द भएको छ ।

इङ्ल्याण्डको म्यान्चेष्टमा इङ्ल्याण्डले पहिले ब्याटिङ गरेको थियो । १६ ओभर एक बलमा ६ विकेट गुमाएर एक सय ३१ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।

त्यसपछि पानी रोकिएन, पटक-पटकको प्रयासका बाबजुत अम्पायरले खेल सुरु गर्न सकेनन् र खेल रद्द भएको घोषणा गरे । यी दुई देशबीच थप दुई वटा टि-२० खेलहरु हुनेछन् ।

तीन खेलको टेष्ट श्रृङ्खला भने इंग्ल्याण्ड १-० ले जितेको थियो ।


ताजा समाचार