Loading... आजः बिहिबार, अशोज १५, २०७७

जबज सार्वभौम मार्ग दर्शक सिद्धान्त

नवराज सिंह

सन् १९९० तिर अन्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलन र समाजवादी आन्दोलनमा ठूलो उथल पुथल देखा परेको थियो । सोभियत संघ र पूर्वी यूरोपमा समाजवादी ढाचाँका सत्ताहरु ढल्दै गई रहेका थिए । अन्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलन र समाजवादी आन्दोलनमा गम्भिर धक्का महसुस भैरहेको थियो । सोभियत संघ विखण्डनले विश्व शक्ति सन्तुलनमा ठूलो परिवर्तन आएको थियो । अमेरिकी साम्राज्यवाद महाशक्तिको रुपमा देखा परि रहेको थियो । कम्यूनिष्टहरु र समाजवादी सत्ताहरु समाप्त सन्देश विश्वभरी फैलिएको थियो । यसको प्रभाव दक्षिण एसिया लगायत नेपालमा पनि परेको थियो । कम्यूनिष्टहरुलाई र समाजवादी व्यवस्थाको पक्षपोषण गरिरहेकाहरुमा निराशा पैदा भएको थियो ।

शान्तिपूर्ण संघर्षबाट जनताको अधिकार जनताले नै प्रयोग गरी आफ्नो शासन प्रणालीलाई उपभोग गर्ने सिद्धान्त नै जबज हो ।

अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभव र त्यसबाट पाठ सिक्दै माक्र्सवादको सिर्जनात्मक ढंगले विकास र प्रयोग गर्दै तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता क.मदन कुमार भण्डारीले दुरदर्शिता र साहसका साथ बहुदलिय प्रतिस्पधात्मक अवधारणा सहित जनताको बुहदलिय जनवाद (जबज) को नेपाली क्रान्तिको मौलिक कार्यक्रम नेकपा (एमाले) को पाँचौ महाधिवेशनमा पेश गर्नु भयो । वि. सं. २०४९ साल माघ १० – २० सम्म चलेको नेकपा (एमाले) को पाँचौ महाधिवेशनले माक्र्सवाद लेनिनवादको सिर्जनात्मक विकास गर्न जनताको बहुदलिय जनवादलाई नेपाली क्रान्तीको मौलिक कार्यक्रमको रुपमा पारीत ग¥यो । तत्कालिन नेकपा (एमाले) का महासचिव मदन कुमार भण्डारीको वि.सं. २०५० साल जेठ ३ गते षडयन्त्र पूर्वक घटाईएको जीप दुर्घटना परी मृत्यु भए पछि उहाँको अनुपस्थितिमा नेकपा (एमाले) को वि.सं. २०५४ साल माघ १२–१८ सम्म चलेको छैठौ महाधिवेशनले नेपाली क्रान्तिको सिद्धान्तको रुपमा जनताको बहुदलिय जनवादलाई पारित ग¥यो र यो नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तको रुपमा विकसित हुँदै गयो । तत्कालीन नेकपा (एमाले) को सातौ, आठौ र नवौ महाधिवेशन सम्म आउँदा जनताको बहुदलिय जनवादलाई विकास र विकसित गरी यसको प्रयोग गर्दा नेपाली कम्यूनिष्ट आन्दोलनले ठूलो उपलब्धी हासिल ग¥यो । जनताको बहुदलिय जनवादको सिद्धान्त र पृष्ठभूमीमा वि.सं. २०६२÷०६३ सालको जनआन्दोलन सफल भई यसकै विशेषताहरुको प्रयोग गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र, तीन तहको सरकार भएको संघीय राज्य व्यवस्था स्थापना भई देश संचालन र विकसित भैरहेको छ ।

सार्वभौम सत्ता सम्पन्न जनताको मताधिकारबाट निर्वाचित जनप्रतिनिधिहरुले सरकार सञ्चालन गरी रहेकाछन् । यी सबै उपलब्धीहरु जबजका सिद्धान्तबाट भएका हुन् ।

वर्तमान अवस्थामा सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको स्वतन्त्र, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमान, सार्वभौम अधिकार, सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य, बहुजातिय, बहु भाषिक, बहु धार्मिक, बहु सांस्कृतिक तथा भौगोलिकतामा विविधता सम्मान र समावेशीकरण, बहुदलिय प्रतिस्प्रर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिक मताधिकार, आवधिक निर्वाचन, शक्तिको सन्तुलित पृथकीकरण, जन निर्वाचित सरकार, अल्पमतको प्रतिपक्ष, स्वतन्त्र न्यायपालिका, विदेशी पूँजि र प्रविधिको प्रयोग आदी जस्ता विशेषतालाई जनताको बहुदलिय जनवादको सिद्धान्तले प्रतिवादन गरेको छ । शान्तिपूर्ण संघर्षबाट जनताको अधिकार जनताले नै प्रयोग गरी आफ्नो शासन प्रणालीलाई उपभोग गर्ने सिद्धान्त नै जबज हो । २०७४ सालको निर्वाचन पछि जुन खालको शासन प्रणाली स्थानीय तह, प्रदेश सरकार र केन्द्रिय सरकार निर्माण भएका छन् । सार्वभौम सत्ता सम्पन्न जनताको मताधिकारबाट निर्वाचित जनप्रतिनिधिहरुले सरकार सञ्चालन गरी रहेकाछन् । यी सबै उपलब्धीहरु जबजका सिद्धान्तबाट भएका हुन् । जबजका दार्शनिक पक्ष , आर्थिक उत्पादन आधार र उपरी संरचना, राजनीतिक वैचारिक पक्ष, समाज र राज्य सञ्चालनमा यसले लिएको उद्देश्य र उपलब्धी, अन्तराष्ट्रिय सम्बन्ध र आयम, लोकतान्त्रीकरण, आन्तरिक पार्टी जीवनमा जनवादी केन्द्रियता, समाज परिवर्तनको आधार, ऐतिहासिक परिवर्तन र जनक्रान्तिको उपलब्धीको विषयमा चर्चा र व्याख्या गर्दै छलफल र बहसमा लिईने छ । क्रमश………………

(लेखक मदन भण्डारी फाउन्डेशन कर्णाली प्रदेश सदस्य एवं जिल्ला सचिव हुनुहुन्छ । )


ताजा समाचार