Loading... आजः बिहिबार, अशोज १५, २०७७

अग्ला (!) नेताज्यूहरूको होँचो बालहठ

प्रा.डा.ऋषिराम शर्मा

आज नेपाल कम्युनिस्ट पार्टीमा अरूलाईविधि र पद्धतिको पाठ पढाउँदै आफू चाहिँ वन, चउर, टार र डाँडाकाँडामा आफ्नै सरकारका विरुद्ध खूबै विधि र पद्धतिका साथ कुर्सीका लागि मरिहत्ते गर्दै करूण क्रन्दन गरिरहनु भएका समादरणीय नेताज्यूहरुको एक जमानाको अग्लोपन एकोहोरो लिँढेढिपीका कारण होँचिँदै र खिइँदै गएको कुरो आम जनताले महसुस गर्न वाध्य भैरहेको परिस्थिति देखिन्छ । आम नागरिक सोत्तर पार्ने कोरोनाको महामारी र स्थिर सरकार सोत्तर पार्ने कुर्सीप्राप्तिजन्य राजीनामाको माहामारी करिबकरिब सँगसँगै भित्रिएको यस मुलुकमा यी दुई माहामारीले एक आपसमा बडो बिचित्र किसिमले प्रतिस्पर्धा गरिरहेको परिस्थिति छ ।

प्रधानमन्त्रीको राजीनामाका लागि पार्टी फुटाउने सम्मको हर्कत गर्ने अभियान र आफ्नै सरकारका विरुद्ध विषवमन गर्न उक्साउने गरी सम्पन्न गरिएको काखे पत्रकारको भेलामा अग्ला र उच्च (!) नेताहरूको होँचो र तुच्छ अभिव्यक्ति ‘जस्तोसुकै परिस्थितिका लागि तयार हुन’ भन्ने जस्ता डुक्राइले के बुझाउँछ भने यो लामो समयसम्म पार्टीमा जिमिन्दारी चलाएका र रगतको होलीमा रमाएका नवसामन्तहरूको कुण्ठाको रोदन, छटपटी र सोही जिमिन्दारीको जबर्जस्ती पुनस्थापना गर्ने बेचैनी र लालसाको करुण क्रन्दन बाहेक केही होइन रहेछ । कसैको कुरूप जिमिन्दारी पुनस्थापना गर्न पार्टीमा जीवन समर्पण गरेका र आफू र आफ्ना भन्दा पनि मुलुक बनाउन समर्पित व्यक्ति र होनहार युवाहरूका टाउका गनेर मुख मिठ्याउनेहरूका सपना पूरा हुन नदिन युवाहरू जुर्मुराउन थालेको सङ्केतका बाछिटाहरू देखिनुलाई शुभ सङ्केत भने मान्नै पर्ला !

आदरणीय कमरेड माधव नेपालज्यूले अहिले विधि र पद्धतिका नामको गायत्री पुरश्चरण जपेर एकसूत्रीय रूपमा महाधिवेशनमा आफैलाई पराजित गरेका केपी ओलीलाई अध्यक्षबाट हटाउन र उक्त पदमा पुग्न र्याल काढेजस्तो देखिनु अझै विडम्बनापूर्ण छ । आफ्ना पालामा पार्टीको कुशल र शानदार नेत्तृत्व गरेको तर अहिलेको नेतृत्त्वले तहसनहस पारेको भनेर बेलाबेला उहाँले दावीसहित मिडियामा बोलिरहँदा १५ वर्षसम्म उहाँको जिमिन्दारी शासनमा ०५४ सालमा पार्टी टुक्रिएको र ०५६ सालको आम चुनावमा पार्टीले बहुमत प्राप्त गर्ने अवस्थाबाट वञ्चित हुनुपरेको शानदार अवस्थाको पनि स्मरण भै हाल्दो रहेछ । उहाँकै कुशल र शानदार नेतृत्वमा पार्टीले शर्मनाक पराजय बेहोर्नु पर्दा र पार्टी रसातलमा पुग्दा आफूले लाजले राजीनामा दिएँ भन्दैमा अहिलेका प्रधानमन्त्रीले पार्टीलाई विजयको शिखरमा पुर्याउँदा राजीनामा माग्नु पनि पुनः त्यस्तै कुशल र शानदार नेतृत्व गरीपार्टीलाई उही स्थानमा पुनः पुर्याउने रहर पलाएर पो हो कि भन्ने प्रश्न पनि उठिहाल्दो रहेछ !

कमरेड प्रचन्ड र उहाँका आसेपासेले जनयुद्धका नाममा मुलुकमा पोखिएको रगतको रोयल्टी असुल्नसम्म असुलिसक्नु भएको कुरो कुनै दिन नेपालमा अख्तियार, सम्पत्ति शुद्धीकरण जस्ता संस्थालाई हात खुट्टा नबाधिकन काम गर्न दिने कोही आएछ भने त्यसको हिसाब किताब होला नै । मान्छे बोली र गफले होइन, ऊ कस्ता घरमा बस्छ ? घरबेटी कस्ता छन् ? छोरी बुहारी, नातागोता कुल कुटुम्बका के कस्ता पेशा छन् ? उनीहरूको जीवन शैली कस्तो छ ? नेताहरू को कोसँग बसउठ गर्छन् ? उनीहरूको तथास्तु शैलीमा सम्पत्ति कसरी थुप्रियो ? त्यसको स्रोत र ट्याक्सको ट्रयाक कस्तो छ ? कति वर्ष पार्टी अध्यक्ष र कतिपटक प्रधानमन्त्री भइयो ? हिजोको पार्टी हात्तीबाट कसरी मुसो बन्यो, र फेरि अहिले मुसोबाट हात्ती कसरी बन्यो ? हिजो होनहार नेतालाई पार्टीबाट कसरी धपाइयो ? त्यसबेला केके गरियो र अहिले केके भइरहेछ यी सारा कुराको मौन अडिट जनताले गरिरहेको हुँदा र यो सरकारले नेपाली राष्ट्रियता र स्वाभिमान जोगाउन चालेका कदमको पनि जनताले मौन अडिट नै गरिरहेका हुँदा ठिक समयमा त्यसको हिसाबकिताब र फैसला जनताले नै गर्ने समयसम्म नछटपटाई कन किन कुर्न सकिन्न होला ? कमरेड प्रचन्डले पार्टी एकीकरण गर्दा महाधिवेशनसम्म सहयात्रा गर्ने भनेर चढेको एकीकरणको बुलेट ट्रेन महाधिवेशनको गन्तव्यमा नपुग्दै बाटैमा झ्यालबाट हाम्फाल्न खोज्दै बिच्चबिच्चमा अनावश्यक बखेडा झिक्नेहरूसँग साउती गर्दै किन किचकिच गरिरहनु भएको होला ?

आदरणीय कमरेड माधव नेपालज्यूले अहिले विधि र पद्धतिका नामको गायत्री पुरश्चरण जपेर एकसूत्रीय रूपमा महाधिवेशनमा आफैलाई पराजित गरेका केपी ओलीलाई अध्यक्षबाट हटाउन र उक्त पदमा पुग्न र्याल काढेजस्तो देखिनु अझै विडम्बनापूर्ण छ । आफ्ना पालामा पार्टीको कुशल र शानदार नेत्तृत्व गरेको तर अहिलेको नेतृत्त्वले तहसनहस पारेको भनेर बेलाबेला उहाँले दावीसहित मिडियामा बोलिरहँदा १५ वर्षसम्म उहाँको जिमिन्दारी शासनमा ०५४ सालमा पार्टी टुक्रिएको र ०५६ सालको आम चुनावमा पार्टीले बहुमत प्राप्त गर्ने अवस्थाबाट वञ्चित हुनुपरेको शानदार अवस्थाको पनि स्मरण भै हाल्दो रहेछ । उहाँकै कुशल र शानदार नेतृत्वमा पार्टीले शर्मनाक पराजय बेहोर्नु पर्दा र पार्टी रसातलमा पुग्दा आफूले लाजले राजीनामा दिएँ भन्दैमा अहिलेका प्रधानमन्त्रीले पार्टीलाई विजयको शिखरमा पुर्याउँदा राजीनामा माग्नु पनि पुनः त्यस्तै कुशल र शानदार नेतृत्व गरीपार्टीलाई उही स्थानमा पुनः पुर्याउने रहर पलाएर पो हो कि भन्ने प्रश्न पनि उठिहाल्दो रहेछ !

आज एउटा हिम्मतदार प्रधानमन्त्रीले तपाईँहरुको शासन कालमा पुलपुल्याएका र छाडा छाडेका त्यस्ता अपराधीलाई जेल हाल्नुहुन्छ तर शानदार र कुशल नेतृत्वकर्ता हुँ भनेर दावीगर्ने यहाँहरू विधि र पद्धतिका नाममा राजीनामा मागेर र अझै कार्यवाही समेत गरेर प्रधानमन्त्रीलाई नै दण्ड दिन आतुर देखिनुहुन्छ !

त्यतिमात्रै होइन उहाँको कुशल र शानदार नेतृत्वका समयमा उहाँकै चुनावी जिल्ला रौतहटलाई रगतको हाट बनाउने, इँटाभट्टामा मान्छेलाई जिउँदै पोल्ने र त्यसैका आडमा लोकतन्त्रलाई धरधरी रुवाउँदै शासन गर्ने पोलतन्त्रलाई हाम्रा आदरणीय नेताले पनि कतै मलजल पो गर्नुभएको थियो कि ? नत्र रौतहटको फरहदवामा जतिबेला इँटाभट्टामा उपचारको बहानामा बेहोश बनाई मानिसलाई जिउँदै डढाइँदै थियो, जतिबेला गौरकाण्डको कुख्यात घटनामा तीन दर्जनजति व्यक्तिको वीभत्स रूपमा लखेटीलखेटी थिचेर मारी नरबलि दिइएको थियो, त्यतिबेला ती घटनाका पीडितहरूका आँसुले उहाँहरूलाई किन छोएन ? पीडितका पक्षमा हाम्रा अहिलेका आदरणीय नेता, जो त्यतिबेला पार्टीका कमान्डर हुनुहुन्थ्यो उहाँले त्यसको विरोध किन गर्नु भएन ? अझै उहाँहरू तिनै पीडकका रूपमा आरोपितसँगै कैयौँपटक एउटै मन्त्रीमण्डलमा सहभोज गर्दा त्यसमा मृतकका रगत र पीडितका आँसुको गन्ध आयो कि आएन ? आज एउटा हिम्मतदार प्रधानमन्त्रीले तपाईँहरुको शासन कालमा पुलपुल्याएका र छाडा छाडेका त्यस्ता अपराधीलाई जेल हाल्नुहुन्छ तर शानदार र कुशल नेतृत्वकर्ता हुँ भनेर दावीगर्ने यहाँहरू विधि र पद्धतिका नाममा राजीनामा मागेर र अझै कार्यवाही समेत गरेर प्रधानमन्त्रीलाई नै दण्ड दिन आतुर देखिनुहुन्छ !

आफूले ३०, १५, र १०, र वर्षौँवर्षसम्म पार्टी चलाएकाहरूले र पार्टीको सत्तामा निरन्तर टाँस्सिएकाहरुले महाधिवेशनबाट पाँच वर्षका लागि निर्वाचित र ९अब आयन्दा अध्यक्षका लागि उमेदवार बन्दिन भन्ने वचनबद्धता हुँदाहुँदै० एक कार्यकाल सत्ता चलाउन जनताले दिएको म्यान्डेटका विपरित कहिले ङर्रङर्र त कहिले म्याउँम्याउँ गर्दै सरकारलाई कामै गर्न किन दिनुहुन्न रु सरकार र मुलुकलाई नै अनिर्णयको बन्दी बनाउने, जनताको ।म्यान्डेटको धज्जी उडाउनेअनि जनताको स्थिर सरकारको लालसाको आगोमा डढेलो लगाउँदै समग्रमा सतीले सरापेको देश भन्ने विम्बका विरुवामा किन मलजल गर्दै हुनुहुन्छ भन्ने प्रश्नहरू पनि बुझि नसक्नु नै छन् !

कमरेड केपी ओलीको अडान, दृढ इच्छाशक्ति र निर्भयतापूर्वक नेपालीहरूको शान र इज्जत झुक्न नदिने शैलीका कारण केपी ओलीको लोकप्रियताको उचाइ अग्लिएको हुँदा यहाँहरू तर्सेर आआफ्नो उचाइ घटेको वा यहाँहरूले आफूलाई पुड्का महसुस गर्नु भएको होला १ के कुरा प्रस्टसँग बुझ्नु जरुरी छ भने यहाँहरूले पार्टीमा त्यसबेला गरेको शानदार र कुशल (!) कर्म अनुसारको उचाइ यथावत् छ, घटेको छैन ।

तर राजीनामाको पर्यायका रूपमा विधि र पद्धतिका हावादारी कुरा गरेर केपी ओलीको उचाइको जेजति आरिस गर्दै हुनुहुन्छ र राजीनामाको रटान दिँदै हुनुहुन्छ, यो अभियान सुरु गरेपछि भने उहाँहरूको भैरहेको उचाइँ समेत खिइँदै गई लिलिपुट पथमा यात्रारत रहनुहुने हो कि भन्ने भयले भने आम मतदाता पक्कै हत्तुहैरान भै रहेका होलान् !

नेकपामा अहिले विधि र पद्धति भनेकै प्रधानमन्त्रीको राजीनामा हो र यो बाहेक यसको अर्को अर्थ छँदै छैन वा हुनै सक्दैन वा भए पनि मान्दै मानिदैन भन्ने जुन गुटगत र निजी भाष्य निर्माण गर्ने प्रयत्न भै रहेछ त्यसले “कही नभएको जात्रा ‘खुटाको हाड’”मा भन्ने नयाँ उखान निर्माण भैरहे जस्तो पो लाग्दै छ त ! खुटा (खुमलटारको (कोटेश्वरहा (हात्तिवनड (डल्लुका रूपमा संङ्क्षिप्त शब्दका रूपमा निर्मित यो खुटाको हाडलाई मुलुकको राजनीतिक स्थिरताको घाँटीमा अड्काएर मुलुकलाई आइसियुमा पुर्याउन ‍उद्यत यो समूह र यस समूहभित्र रहेका अनेकौँ उपसमूहको सक्रियता अनौठो पो छ त ।  “नाइँ मलाई त्यै राजीनामा चाहिन्छ” भन्ने कर्कश र्यापे गीत गाउँदै हिडेको यो समूहको यो हठलाई देख्ता मलाई ससाना बालकले गर्ने जिद्दी वा बालहठको झलझली संझना पो आइरहेछ ।

सबैलाई थाहा भएकै कुरा हो, दक्षिण छिमेकमा पचासौँ वर्षदेखि भाजपालाई हाँक्दै र डोर्याउँदै ल्याएका वरिष्ठ नेता अडवाणी, जोशी, सिंह र गडकरीहरू कनिष्ठ नेता नरेन्द्र मोदीको नेतृत्वमा चुनावी समरमा होमिए । मोदीकै चामत्कारिक नेतृत्वबाट विजय प्राप्त गरेपछि सबैले उहाँलाई कनकन नगरी र निहुँ नखोजी सहयोग गरेकै छन् । यहाँ त समकक्षी नेता केपी ओलीकै नेतृत्वमा चुनावी चमत्कार भयो । त्यहाँ त झन् पार्टीको शानदार नेतृत्व गर्नु भएका अत्यन्त सिनियर एवम् लालकृष्ण आडवाणी मुरली मनोहर जोशीहरू चानुमानु बसेकै छन् । मोदीले ल्याइदिएको बहुमतका बाघका छालामा स्यालरजाईँ गर्न उनीहरूले अवाञ्छित चलखेल गरेको र विधि र पद्धतिका प्वाल खोजेको पनि देखिएन १र खै आफ्नैले राजीनामा मागेको पनि कहियै सुनिएन !

त्यसैले हाम्रा आदरणीय नेता माधव कमरेड र प्रचन्ड कमरेड धैर्य गर्नुस् । जाबो पाँच वर्षसम्म पनि तपाईहरूलाई सहन कस्तो सकस पर्या होला ! तपाईहरूको त्यत्रो जुगजुग सम्मको जमिन्दारीकालमा अरुले कति सहेका रहेछन् र धैर्य गरेका रहेछन् भन्ने अनुमान गर्नुस् । कोरोनाको महाविपत्तिका बेला तपाईहरूले देखाउनु भएको जात्रा देखेर कोरोना समेत लज्जित छ, कम्तीमा कोरोना, बाढीपहिरो र विभिन्न विपत्तिहरूसँग त सर्माउनुस् । अहिले पनि केही बिग्रेको छैन । तपाईहरूले पदका लागि हैन भनेर जति गिडगिडाए पनि तपाईहरुको रटान राजीनामा र ध्यान कुर्सीतिर छ भन्ने कुरा मुलुकका नाबालक देखि वृद्धसम्मले बुझिसके । पार्टीका जिम्मेवार तपाईहरू महाधिवेशनमा होमिनुस् । पार्टीको घोषणापत्र बमोजिम प्रधानमन्त्रीलाई काम गर्न निर्देशन दिनुस् तर काममा रोडा नअड्काउनुस् ।

रर अन्त्यमा बुद्धि पुर्याएर सरकारका कमी कमजोरीतिर औँल्याउनुस् । स्वस्थ रुपमा तिनलाई सुधार्नुस् । सरकारका राम्रा कामको मुक्त कण्ठले प्रशंसा गर्न कन्जुस्याइँ नगर्नुस् । तपाईले आफ्ना भागमा राखेका र आफूप्रति मात्र जवाफदेही बनाएका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रति जवाफदेही बन्न भन्नुस् । तपाईहरूले कोरोनाकालमा जपेको राजीनामाको गाइजात्रे मन्त्रले तपाईहरूको साख कहाँ पुगेको छ, बिचरा तपाईहरूलाई के थाहा ? अहिले बुद्धि पुर्याउनु भो भने जनताले मतपत्र समात्ने बेलासम्म यी हर्कतहरू बिर्सलान् र यहाँहरूको पराजयको भिरबाट लड्ने स्थिति नआउला ! आज तपाईहरूको समूह ग्याङ अफ फोर भनेर चर्चित भैसक्यो । तपाईहरू आफै मनन गर्नुस्, यत्रो विशाल पर्टीको आदर्श नेता बनेर मुलुकलाई  नयाँ दिशातिर लैजाने कि ‘ मुलुकलाई अस्थिरताको खाडलमा जाक्ने गरी खदाने काजी (अर्थात् ख (खनालदा (दाहालने (नेपालर काजी) को नयाँ गुट बनाई पुरानै शैलीमा खुम्चिएर सक्किने ? निर्णय यहाँहरूकै हातमा छ !


ताजा समाचार