Loading... आजः बिहिबार, अशोज १५, २०७७

कांग्रेसका नेताले लुटेर घरमा राखेकाे ८३ थान जस्तापाता प्रहरीद्धारा बरामद

जाजरकोट,२२ साउन ।
जाजरकाेटमा लुटिएकाे जस्ता पाता प्रहरीले बरामद गरेकाे छ । छेडागाढ नगरपालिका स्थित इलाका प्रहरी कार्यालय बडावनबाट खटिइ गएको प्रहरीले बुधवार बाल मावि झाप्राकाे लुटिएकाे जस्ता पाता बरामद गरेको हो । बिद्यालयको भवन निर्माणको लागि राखिएको १२ फुटे ६२ थान ८ फुटे २१ थान जस्ता पाता छेडागाड नगरपालिका ११ का काङ्ग्रेस वडा सभाती दिपाराम जैसिले घरबाट बरामद गरेको छ ।  स्थानीय पुल बजार भन्ने ठाउँबाट जस्तापाता बरामद गरिएको इलाका प्रहरी कार्यालय बडावनका प्रहरी सहायक निरिक्षक एम बिक्रम लामाले जानकारी दिए ।

बाल माध्यामिक बिद्यालय झाप्राका प्रध्यान ध्यापक कमल बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा दिएको जाहेरी अनुसार बरामद गरिएको उनको भनाइ छ । जैसिले बिद्यालयको जस्ता पाता बाटोबाट नियन्त्रणमा लिएर पसलमा राखेको अवस्थामा बरामद गरिएको प्रहरी सहायक निरिक्षक लामाको भनाइ छ । बरामद भएको सामाग्री इलाका प्रहरी कार्यालय बडावनमा राखिएको उनको भनाइ छ ।

बिधालयको भवन निर्माणको १२ फिटको ६५ थान ८ फुटको ५५ थान गरी १ सय २० थान जस्ता पाता हराएको जाहेरीमा उल्लेख गरिएको प्रहरी स्रोतको भनाइ छ ।

यस्तै बिद्यालयको ४० मिटर धुरीको पाता १ बोरा किला कप्जा १५ बोरा सिमेन्ट मिस्याएको मसला जैसीले लिएको भन्दै बिद्यालयका प्रधान ध्यापक बस्नेतले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जैसीले बिद्यालयको भवन निर्माणको जस्ता पाता,किला कब्जा लगाएतका सामाग्रीहरु असार २९ गते पुलबजारमा बिद्यालयमा लिदै गर्दा नियन्त्रण गरी राखेको बिद्यालय स्रोतको दाबि छ ।

सार्वजनिक सम्पती लाई ब्यक्तिले नियन्त्रण गरेको बाल माबि झाप्राका प्रध्यान ध्यापक बस्नेतको भनाइ छ । जैसीले बिद्यायलको पाता बिच बाटोमा नियन्त्रणमा लिएर हिनामिना गरेको उनको भनाइ छ । बिद्यालयको सार्वजनिक सम्पती माथि हस्तक्षेप गरेपछी इलाका प्रहरी कार्यालय बडावनको प्रहरी र नगर प्रमुखको नेतृत्वमा घटना स्थलमा गएर सम्झाइ बुझाइ गरिएको उनको भनाइ छ । उक्त घटनालाइ लिएर नगर प्रमुख लाल बहादुर महतारामाथी लगाएको आरोप गलत भएको उनको भनाइ छ । नगर प्रमुख स्थलगत गएर सम्झाइ बुझाइ गर्दा राजनितिक रंग दलेर मिडिया बाजि गरी चरित्र हत्या गर्न खोजेको उनको आरो छ ।

नगर प्रमुख महताराले कुटपिट गरेको नगरेको इलाका प्रहरी कार्यालय बडावनलाइ राम्रोसंग जानकारी भएको उनको भनाइ छ । उता छेडागाड नगरपालिका ११ का दिपाराम जैसीले बिद्यालय बाट पैसा नपाए पछि जस्ता पाता नियन्त्रणमा लिएको बताए । पुरनो बिद्यालय ब्यवसथापन समिती संग काम गर्दा पसा नपाएको नयाँ गठित समितिले पैसा नदिएको कारण सामाग्री नियन्त्रण लिएको उनको भनाइ छ । बिद्यालय बाट पाउनु पर्ने पैसाको लागी नगरपालिका वडामा छलफल गर्दा कसैले व्यवस्था गर्दा बिद्यालयको समाग्री नियन्त्रण लिएको उनको भनाइ छ ।

बिद्यालयले १ लाख ५० हजार जति पैसा दिएको जैसीको भनाइ छ । बाँकी पैसाको लागी बिद्यालयमा प्रधान ध्यापकले भ्याट बिल र सामाग्री ल्याउन आग्रह गरे पछि नेपालगञ्ज देखि जस्ता पाता थलह बजार पुर्याएको उनको भनाइ छ । सामाग्री मगाउन लगाएर बिद्यालयका ब्यवस्थापन समिति र प्रधान ध्यापकले अनेत्र पसल बाट सामाग्री बिद्यालयमा ढुवानी गरेको उनको भनाइ छ । पुरोना पैसा पनी नदिने सामाग्री अडर गरेर अन्य ठाउँ बाट सामान ढुवानि गर्ने त्यसैले बाटोमा पाता रोको उनको भनाइ छ ।

पाता आफनो पसल निर रोके पछि बिद्यालयमा प्रधान ध्यापक,शिक्षक पृथि बहादुर सिंह,नगर प्रमुख,इलाका प्रहरी कार्यालयको सयूक्त टोलिले हातपात गरेको उनको भनाइ छ । साझ पसलमा मदिरा सेवन गरी हातपात गरेको उनको अरोप छ । हातपात बाट श्रीमती कालिका जैसीको हात भाचिएको आफनो कान फुटेको उनको आरोप छ ।

यस्तै जैसी माथि हातपात नभएकाे राजनितिक र‌गकाे खेल भएकाे  छेडागाड नगरपालिका प्रमुख लाल बहादुर महताराले जानकारी दिए । स्थलगत गएर सम्झाइ बुझाइ गरेकाे हातपात नगरेकाे उनकाे दाबि छ । बिद्यालयकाे सार्वजनिक सम्पति बिच बाटाेमा हस्तक्षेप गरेकाे जानकारी भए पछि प्रहरी सहित गएर सम्झाइ बुझाइ गरेकाे उनकाे भनाइ छ । कसरी अ‌ग भग भयाे मलाइ जानकारी छैन । मलाइ अनावश्यक अाराेप लगाइ चरित्र हत्या गर्न खाेजेकाे नगर प्रमुख महताराकाे भनाइ छ । सार्वजनिक सम्पति हिना मिना गर्ने हस्तक्षेप गर्ने कार्य निन्दनिय भएकाेले यस्ता कार्यगर्ने लाइ कारबाही हुनु पर्ने उनकाे जाेड छ ।


ताजा समाचार