Loading... आजः बुधबार, असार ९, २०७८

मनकारी तिलक : जस्ले आफ्नो जन्मदिनमा गरे व्लड क्यान्सर पिडित बालकलाई सहयोग

बिनोद कुमार घर्ती
जाजरकोट ।
आफ्नो जन्मदिनको अवसरमा पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटका प्राविधिक तिलक रानाले ब्लड क्यान्स पिडित बालकलाई आर्थिक सहयोग गर्नु भएको छ । ३२ औँ जन्मदिनको आवसरमा भेरी नगरपालिका १३ कुदुका यज्ञ रोकायका ब्लड क्यान्सर पिडित २० महिनाका छोरा युनिक रोकायलाई १० हजार पाँच सय उपचारको लागि सहयोग गर्नु भएको हो ।

आधिकारीक ट्रेडयुनियन जिल्ला कार्य समितिका सदस्य, नेपाल पारा भेटेरिनरी तथा लाइभस्टक एशोशियसन ९ल्भ्ख्ीब्०का जिल्ला अध्यक्ष रानाले क्यान्सर पिडित बालकका बुवाको लक्ष्मी बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरिदिनु भएको हो ।

मनकारी रानाले जन्मदिनमा भोज खुवार फाल्टु खर्च गर्नुभन्दा व्लड क्यान्सर बालक युनिक रोकायलाई सकेजतीको सहयोग गर्न पाउँदा आफुलाई ज्यादै खुसी लागेको बताउनु भएको छ । आफुले जस्तै सवैजनलाई थोरै भएपनि क्यान्सर पिडित बालकको उपचराको लागि सहयोग गर्न अपिल गर्नु भएको छ ।

आर्थिक अवस्था कमजोर रहेका रोकायले आफ्नो छोरालाई बचाउन सवैसंग सहयोगको याचना गरिरहेका छन् । आफुसंग भएको रकम र क्रृण सापट गरेको रकम अहिले सम्म उपचारमै सकिसकेकोले अब छोरोलाई बचाउन सवैसंग सहयोगको हात बढाएका बालकका बाबुले बताए ।

२० महिने बालक युनिक ६ महिना देखि कान्ति बाल अस्पताल काठमाडौमा उपचार गरिरहेका छन् ।

 

 


ताजा समाचार