Loading... आजः बिहिबार, अशोज १५, २०७७

पहिरोमा परि गंभिर घाइते युवातीको हेलिकोप्टर मार्फत उद्धार

जाजरकोट : बाटोमा हिड्दै गर्दा पहिरो खसेर घाइते भएकी जाजरकोटकी एक युवतीलाइ हेलिकोप्टरबाट उद्धार गरिएको छ । पहिरोमा परि गम्भिर घाइते भएकी बारेकोट गाँउपालिका ९ निवासी खिमबहादुर विसीकी २२ बर्षिय छोरी टीका विसी हेलिकोप्टरबाट उद्धार गरि उपचारका लागि सुर्खेत पुर्याइएको छ ।

घरबाट सदरमुकाम खलंगा आउँदै गर्दा नलगाड ५ स्थित गेरेनी भिर नजिक सुख्खा पहिरो खस्दा उनको टाउकोमा गंभिर चोट लागेको छ । घाईते टीकाको अवस्था गंभिर भएपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

बारेकोट गाँउपालिकाले खर्च ब्यहोर्ने गरि माउन्टेन एयरको हेलिकोप्टरबाट उनको उद्धार गरिएको हो । घाइते युवतीको अवस्था निकै जोखिममा रहेकोले गाँउपालिकाले दुई लाख ७५ हजार रुपैयामा हेलिकोप्टर चार्टर गरेर उद्धार गरिएको बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

युवति सँगै आएका आफन्तले उनको उद्धार गरेका थिए । घाइते टीकालाई इलाका प्रहरी कार्यालयका प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दल्ली लगेर प्राथमिक उपचार गराएका थिए । घाइते युवतिको अझै होस खुल्न नसकेको र अवस्था निकै गंभिर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।


ताजा समाचार