Loading... आजः बुधबार, साउन २१, २०७७

एजेन्सी म्यानेजर लाइ सम्मान


जाजरकोट,१६ साउन ।
प्राइमलाइफ इन्स्योेरेन्स ले एजेन्सी म्यानेजरलाइ सम्मान गरेको छ । शुक्रवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको उपशाखा कार्यालय जाजरकोटले जनाएको हो । कार्यालयमा आर्थिक वर्ष २०७६।०७७ मा ऐजेन्सी मेनेजर भएर काम गरिरहेका हरुलाई कार्यालयले सम्मान गरेको उपशाखा कार्यालय जाजरकोटका उपशाखा प्रमुख शान्ता शाहीले जानकारी दिइन ।

प्राइम लाईफ इन्स्योेरेन्स शाखा मेल्कुनाका शाखा प्रमुख धुर्ब प्रसाद शर्माले एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको शाखा उपशाखा प्रमुख शाहीको भनाई छ ।
जाजरकोट जिल्ला जस्तो दुर्गममा नियमित काम गर्दै आएका एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । कोरोना भाइरस कोभिड १९ प्रभावले सरकारले जारी गरेको लकडाउन अवदिमा इन्स्योेरेन्सका म्यानेजरहरु सर्वसाधारणको घरदैलोमा पुगेका थिए । उक्त समयमा महत्वपूर्ण योग्दान पुर्याएका हरुलाई सम्मान गरिएको शाखा प्रमुख शर्माले बताए । बिमा क्षेत्र बचतको क्षेत्रका रुपमा बिस्तार हुदै गएको शर्माको भनाई छ ।

जिल्लामा नियमित कार्यालयले घरदैलोमा सेवा प्रवाह गर्दै आएको उनको भनाई छ । जाजरकोट जिल्ला उप शाखाले यस अघी दुर्घटना भएर अपाङ्ग भएका छेडागाड नगरपालिका दशेराका बिर बहादुर थापाकोघरमै पुगेर बिमा रकम हस्तान्तरण गरेको थियो । साथै प्राइम लाईफ इन्स्योेरेन्स जाजरकोट उपशाखालाई नमुना उपशाखा बनाउने एजेन्सी मेनेजरहरुले प्रतिबद्धता जनएका छन ।


ताजा समाचार