Loading... आजः बुधबार, साउन २१, २०७७

२४ घण्टामा १३९ जनामा कोरोनाको सङ्क्रमण

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार सङ्क्रमण पुष्टि भएकासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १८ हजार सात सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ । यस्तै धनुषा र महोत्तरीमा १०-१० जना, बैतडी, काठमाण्डौ, ललितपुर र कास्कीमा तीनरतीन जना, सल्यानमा दुई जनामा सङ्क्रमण देखिएको छ । यस्तै सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकरएक जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै गएको २४ घण्टामा ६ सय २६ जना उपचारपछि निको भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १३ हजार सात सय ५४ पुगेको छ । अब चार हजार नौ सय ५० जना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै १६ हजार तीन सय ७१ जना विभिन्न क्वरेण्टीनमा बसिरहेका छन् ।


ताजा समाचार