Loading... आजः आइतवार, कार्तिक ९, २०७७

जाजरकोटमा नेकपाका महासचिव श्रेष्ठको ४२ औँ स्मृति दिवस मनाइयो


जाजरकोट ७ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक  महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको ४२औँ स्मृति दिवस जाजरकोटमा पनी मनाइएको छ । जिल्ला सदरमुकाम खलंगाको बसपार्कको खहरेखोलामा बृहत बृक्षारोपन कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी भेरी नगर कमिटिको आयोजनामा बृक्षारोपन कार्यक्रमको आयोजना गरी श्रेष्ठलाइ सम्झीएका थिए । भेरी नगर कमिटिका अध्यक्ष मुकुन्द प्रसाद शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावलको प्रमुख अथित्यताम कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाली जनतामा श्रेष्ठले गरेको योग्दानको प्रससनिय रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकोटका सचिवालय सदस्य मोती वलीले बताए । श्रेष्ठको सम्झनामा आयोजित कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको सहभारी रहेको थियो । कार्यक्रमको सञ्चालन युवा संघ नेपाल जाजरकोटका इनचार्ज विश्व बिक्रम शाहले गरेका थिए ।


ताजा समाचार