Loading... आजः बुधबार, साउन २१, २०७७

पत्रकार खड्का माथी हातपात प्रयास प्रति महासंघको विज्ञप्ती

जाजरकाेट । जाजरकोटबाट प्रकाशित हुने भेरीमालिका दैनिक अखबारसंग सम्वद्ध पत्रकार रेशमबहादुर खड्कामाथि विहिवार साँझ भएको हातपात प्रयास प्रति नेपाल पत्रकार महासंघ जाजरकोटले विरोध जनाएको छ । समाचारको विषयलाइ लिएर राष्टिय युवा संघका पुर्व अध्यक्ष दिपेन्द्र शाहीले हातपातको प्रयास गरेको भन्दै महासंघले विरोध जनाएको हो ।

केहि समय अघि भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमाथिको आक्रमणपछि पत्रकार खड्काले लेखेको युवा संघ जाजरकोटका संयोजक शाही प्रहरी नियन्त्रणमा भन्ने शिर्षकको समाचारको विषयमा संघका पुर्व अध्यक्ष शाहीले खलंगाको शान्ति चौतारामा हातपातको प्रयास गरेको महासंघले जनाएको छ । समाचारमा चित्त नवुझे कानुनी उपचार खोज्ने वाटो हुदा हुदै पत्रकारलाइ भौतिक आक्रमणको प्रयास गर्नु निन्दनीय भएको भन्दै विज्ञप्तीमा दोषीलाइ कारवाहिको माग गरिएको छ ।

महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंह र सचिव हेमन्त केसीद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा पत्रकारलाइ धम्क्याउने, आक्रमणको प्रयास गर्ने गतिविधिहरु नगर्न सम्वन्धित पक्षलाइ सचेत गराउदै पत्रकार खड्काको सुरक्षाको लागि आवस्यक पहल लिन स्थानीय प्रशासनसंग आग्रह गरिएको छ । । पत्रकार खड्काले समाचारको विषयमा आफुलाइ माफी माग्न भनिएको र माफी नमागेपछि हातपातको प्रयास गरिएको वताए ।

आफु मोटरसाइकलमा ठाँटीतिर जाँदै गर्दा वाइकको चावी समेत खोसेर धम्क्याएको उनले वताए । यसवारेमा वुज्न युवा संघका पुर्व अध्यक्ष शाहीलाइ फोन गर्दा उनले फोन रिसिभ गरेनन् । पत्रकार खड्का माथि भएको हातपातको प्रयासको पत्रकार लगाएत विभिन्न सर्वसाधारणहरुले विरोध गरेका छन् ।


ताजा समाचार