Loading... आजः बुधबार, साउन २१, २०७७

बारेकोटमा पहिरोमा पुरिएर एकको मृत्यु , ११ बेपत्ता

जाजरकाेट । अविरल वर्षातको कारण आएको पहिरोले घर पुरिदा जाजरकोटमा एक जनाको ज्यान गएको ५ भने ११ जना बेपत्ता भएका छन् ।

विहिवार साँझ घरमाथिको पहिरोले बारेकोट गउाँपालिका वडा नम्वर ४ बाेहरा गाउँको सार्की टोलमा पहिरोले ६ वटा घर भत्काउदा चार परिवारका ५ वालवालिका सहित १२ जना मध्य एक जनाको ज्यान गएको र अन्य ११ वना वेपत्ता भएको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द बहादुर सिंहले जानकारी दिए ।

निमित्त प्रमुख प्रशाकीय अधिकृत सिंहका अनुसार पहिरोमा परि मृत्यु हुने एक जनाको सव देखिएको भएपनि अप्ठेरो स्थानमा भएका कारण निकाल्न सकिएको छैन । सिंहका अनुसार पहिरोले घर भत्काउदा ५२ वर्षिय घरमुली गोपाल सार्की, उनकी श्रीमित ५० वर्षिया पुष्पा सार्की, उनकी छोरी १३ वर्षिया लक्ष्मी सार्की, छोरा ११ वर्षका अर्जुन सार्की, अर्को परिवारका घरमुली कलु सार्की, उनकी छोरी १४ वर्षकी तिर्खा सार्की, छोरा ६ वर्षका शुभाष सार्की, र कलु सार्कीको दिदीको घरमा पाहुना वनेर आएका कुशे ९ चौराटाका २० वर्षका डिल्ली सार्की, १४ वर्षका गौरी सार्की, १६ वर्षकी कविता सार्की, र १८ वर्षका वीरेन्द्र सार्की बेपत्ता रहेका छन् ।

पहिरोमा हराइरहेकाहरुको प्रहरी सर्वसाधारण र जनप्रतिनिधिहरुको सहभागितामा व्यापक खोजी भइरहेको सिंहले वताए । अहिले पनि भारी वर्षात भइरहेको र टेलिफोन सेवा अवरुद्ध भएका कारण वेपत्ताहरुको खोजी कार्यमा समस्या देखिएको वताइएको छ । पहिरोमा ६ घर भत्किसकेको र अन्य घरहरु पनि ठुलो जोखिममा रहेपछि स्थानीयलाइ अन्यत्रै सारिएको उनले वताए ।


ताजा समाचार