Loading... आजः बुधबार, साउन २१, २०७७

प्रधानमन्त्री ओली र प्रचण्डको वार्ता सकियो


काठमाडौं : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ ।

पार्टीभित्र तिव्र विवाद आएपछि अध्यक्षद्धय बालुवाटारमा छलफलमा जुटेका हुन् । वार्ता विषयवस्तुमा केन्द्रीत भएर छलफल भएको र निकै सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए ।

पार्टीलाई फुटबाट जोगाउन दुई अध्यक्ष केहीदिन यता बैठकलाई तिव्रता दिएका छन् । अर्को बैठक भोलि फेरि बस्ने गरी टुंगिएको छ प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

पार्टीभित्रको विवादलाई लिएर आइतबार पनि ओली दाहालबीच वार्ता भएको थियो । आइतबारको वार्तामा ओली पक्षबाट महासचिव बिष्णु पौडेल र शंकर पोखरेल र अध्यक्ष दाहाल तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। अब दुई अध्यक्षबीच एक्ला एक्लै भेटगर्ने सहमति पनि भएको छ ।


ताजा समाचार