Loading... आजः बिहिबार, असार १८, २०७७

कोभिड १९ सम्बन्धि समुदाय स्तरसम्म स्वास्थ्यकर्मीको क्षमता बृद्धि गर्न सुआहाराको एक दिने गोष्ठि


जाजरकोट : विश्वमा माहमारीको रुपमा फैलीएको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि समुदाय स्तरमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाहरुको क्षमता अभिबृद्धि गर्न स्थानिय पालिकाका स्वास्थ्य संयोजक र जिल्लाका सरोकारवालाहरुको एक दिने अभिमुखिकरण गोष्ठि सम्पन्न गरिएको छ ।

युएसआइडिको आर्थिक सहयोगमा पहाडि क्षेत्र विकास अभियानद्धारा संचालित सुआहारा कार्यक्रम अन्र्तगत स्वास्थ्य सेवाकार्यालय जाजरकोटको समन्वय र सहजिकरणमा सोमवार गोष्ठि सम्पन्न गरिएको हो ।

गोष्ठिमा उपस्थित जिल्लाका सातवटै स्थानिय पालिकाका स्वास्थ्य संयोजकहरु र जिल्लाका अन्य सरोकारवालाहरुलाई आवश्यक सुरक्षाएवं सामाजिक दुरी कायम गरीएको स्वास्थ्य सेवाकार्यालयका जनस्वास्थ्यअधिकृत टिकाराम जैसिले वताए ।

समुदाय सहभागितामा आधारित कोरोना भाईरस महमारी सम्बन्धि प्रशिक्षक प्रशिक्षणको लागि अभिमुखिकरण गोष्ठ गरिएको पहाडी क्षेत्रविकास अभियानका अध्यक्ष प्रदिपजंगशाहले बताए ।

सुआहारा कार्यक्रमका फिल्डका कर्मचारीहरुबाट लकडाउनको अवधिमा हजार दिनका आमाहरु र अन्य समेत गरी करिब तेह्र हजार घरधुरीहरुमा फोनमार्फत कोभिढ १९ र पोषण सम्बन्धि परामर्श गरेको फिल्ड संयोजक सम्झना शाहले जानकारी दिइन ।

गोष्ठिमा सहभागी नलगाड नगरपालिका स्वास्थ्य सहसंयोजक भगवति रावलले गोष्ठिमा सहभागि भएर नयाँ कुराहरुको जानकारी लिने अवसर दिएर क्षमताअभिबृद्धि गरेको भन्दै खुसि व्यक्त गरिन ।

गोष्ठिमा मनोसामाजिक परामर्शको विषयले हामिलाई थपज्ञानदिएको र सुआहाराले हामिलाई आवश्यकभएको यो गोष्ठिआयोजना गरेर हामिलाई थप बल र उर्जा दिएको महसुस भएको भेरी नगरपालिकाको जनस्वास्थ्य निरीक्षक सम्राट रेग्मिले बताए ।

संस्थाका अध्यक्ष शाहको अध्यक्षतामा भएको गोष्ठिमा स्वास्थ्य सेवाकार्यालयका जनस्वास्थ्य अधिकृत टिकाराम जैसि र सुआहारा कार्यक्रमका स्रोत व्यक्ति डा.राजेश गिरीले प्रशिक्षण गरेका थिए ।

कार्यक्रमको संचालन पहाडि क्षेत्र विकास अभियानअन्र्तगत सुआहारा कार्यक्रमका फिल्ड संयोजन सम्झना शाहले गरेकी थिइन ।


ताजा समाचार